विजय जुलुसमा सुनिताले के भनिन् ?

1 0


नेपालदृष्टि। काठमाडौं महानगरपालिकामा नेकपा एमालेबाट उपमेयरमा निर्वाचित सुनिता डंगोलको विजय जुलुस निकालिएको छ । निर्वाचन आयोगले शुक्रबार विजयीको घोषणा गरेसँगै विजय जुलुस निकालिएको हो । विजयी जुलुसले काठमाडौं परिक्रममा गरेको छ ।

विजयी घोषणा भएपछि शुक्रबार सुतिा राष्ट्रियसभा पुगेकी थिइन् । त्यहाँ उनलाई एमालेका समर्थकले अबिर, खादा र माला लगाइदिएका थिए । उपमेयरमा विजयी सुनिताले यो जित नयाँ आशाको किरण भएको प्रतिक्रिया दिएकी छन् ।

उपमेयरमा विजयी सुनिताले यो जित नयाँ आशाको किरण भएको प्रतिक्रिया दिएकी छन् ।

उनले भनिन्, ‘राजनीति भनेको फोहोरी खेल हो भन्ने जमात बढिरहँदा अझ विशेषगरी युवाहरूका लागि राजनीति भनेको पाइला टेक्ने ठाउँ होइन भन्दा आफ्नो जितले केही न केही आशाको किरण थपिएको छ ।’

गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठलाई हराउँदै उपमेयर बनेकी उनले ६८ हजार ६१२ मत पाएकी छन् । आजै यसअघि मेयर बालेन शाहको विजय जुलुस निकालिएको थियो ।   - दृष्टि न्यूज