काठमाडौंमा बालेन शाह अगाडि 

0 0


नेपालदृष्टि। काठमाडौं महानगरपालिकाको मतगणना जारी रहँदा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता कायम राखेका छन् । उनलाई कांग्रेसकी सिर्जना सिंहले पछ्याएकी छन् ।

१७० भोटको गणना गर्दा बालेन शाहले ५९ मत ल्याएर अग्रस्थानमा छन् । दोस्रो स्थानामा रहेकी सिर्जनाले ३८ भोट ल्याएकी छन् भने तेस्रो स्थानमा रहेका एमालेका केशव स्थापितको २२ मत छ ।

खासगरि ३२ नम्बर वडामा बालेनको ठूलो प्रभाव देखिएको छ । यो वडामा ७० भोट गणना हुँदा बालेनलाई ३९ भोट खसेको छ । काग्रेसलाई ९ र एमालेलाई ७ भोट मात्र परेको छ । दृष्टि न्यूज

वडा नम्बर १ मा भने सिर्जना र बालेनको कडा प्रतिस्पर्धा देखिएको छ । यस वडामा सिर्जनाले अहिलेसम्म १०० मत गणना हुँदा र्सिजनाले २९, बालेनले २० र स्थापितले १६ भोट ल्याएका छन् ।