सनुवर्षीको मेयरको उम्मेदवारीमा २६ वर्षीय साह नै किन ?

1 0


नेपालदृष्टि । मोरङको सुनवर्षी नगरपालिकाको नगर प्रमुख पदको उम्मेदवारीमा २६ वर्षीय वीरेन्द्र कुमार साहको नाम सिफारिस भएको छ । उनलाई नेपाली कांग्रेस सुनवर्षी नगर समितिले सिफारिस गरेसँगै मोरंग क्षेत्र नं.२ (ख) प्रदेशले पनि जस्ताको तस्तै अगाडि बढाएको छ । जसका कारण साहले टिकट पाउँने पक्का पक्की नै मान्न सकिन्छ । 

युवा नेता वीरेन्द्र साह मेयरमा उठेसँगै युवाहरुमा उत्साह र उमगं छाएको छ । लामो समयदेखि राजनीतिमा पुरानो पुस्ताको हावी भैराखेको बेला साहको उम्मेदवारीले युवाहरुलाई उर्जाशील बनाउँनुकासाँथै जोस हौसला पनि बढाएको छ । अहिले वीरेन्द्रकै उम्मेदवारीप्रति चर्चा परिचर्चा एवं कौतुहलता बढेको छ सायद्, उनीबाट सुनवर्षीका जनताले धेरै आकांक्षाहरु राखेका छन जुन साहबाटै पुरा हुनेछ । 

सञ्चारकर्मीका रुपमा कार्यरत साह नेपाली कांग्रेसका जिल्ला सदस्य तथा पत्रकार महासंघ मोरङका सदस्य समेत रहेका छन । साह पार्टीसँगै जनमानसमा पनि उतिकै लोकप्रिय र विश्वासिलो मानिन्छन । त्यसैले पनि साहले टिक पाउँनेमा सम्पूर्ण नगरबासीहरु छुक्क रहेको देखिन्छ । 

‘राजनीतिमा पुरानो पुरातको एकाधिकार भएको बेला मेरो उपस्थितिले युवालाई ऊर्जाशील बनाउने छ र राजनीतिकमा युवा आए सम्वृद्ध तथा सुसाशन समानन्त समाजको परिकल्पना गर्न सकिन्छ।’ साह बताउँछन ।  राजनीतिलाई सेवाको माध्यम बनाउने प्रणसहित राजनीतिमा सक्रिय रहेको उनि बताउँछन ।  साहले आफुले मेयरमा टिकट पाएर विजयी भएको अवस्थामा प्राप्त सुबिधासमेत जनहितमा खर्च गर्ने प्रतिवद्धता जनाएका छन् ।

धार्मिक तथा सामाजिक कार्यमा पनि उनी निरन्तररुपले समलग्नता रहदै आएका छन । जसले गर्दा उनले धेरै दुःखी तथा गरिवको सेवा गर्न मैका पाएको उनि बताउँछन ।  -हरि ढुंगाना