मेयरमा एमालेबाट छ मा, तीनको वढी सम्भावना ?

0 0


नेपालदृष्टि। आगामी वैशाख ३० गते हुने स्थानीयतहको निर्वाचनका लागि मोरङको रतुवामाईमा नगरपालिकाको नगर प्रमुखको उम्मेदवारीमा  एमालेबाट मेघराज कट्टेल, दुर्गा विष्ट, गोपी चापागाँई, डिवी कार्की र प्रकाश ढकाल र भाष्कर खनाललाई एमालेको नगरस्तरीय संयन्त्रले सिफारिस गरेको छ । सर्वसम्मत हुन नसकेपछि मेयरका आकांक्षी सवैको नाम सिफारिस गरेर पठाइएको बताईएको छ ।

अहिले नगरमा बढी चर्चा,परिचर्चा एवं कौतुहलताको रुपमा बढी चर्चित मेघराज कट्टेल दुर्गा विष्ट, तथा गोपी चापागाँई रहेका छन ।

अनेरास्ववियु उपमहासचिव भाष्कर खनाल एमाले मोरङको जिल्ला कमिटी सचिवालय सदस्य पनि हुँन, भने प्रकाश ढकाल एमालेका स्थानिय नेता हुँन । त्यसै गरी मेघराज कट्टेल पार्टी जिल्ला कमिटी सचिवालय सदस्य तथा निर्वाचन विभाग प्रमुख हुन् । त्यस्तै दुर्गा विष्ट एमाले मोरङको सचिवालय सदस्य तथा क्षेत्र नं. २ (क) का इन्चार्ज हुन् ।  गोपी चापागाँई जिल्ला कमिटी सचिवालय सदस्य र मोरङ क्षेत्र नं. २ का इन्चार्ज हुन् भने डिबी कार्की पार्टीको प्रदेश कमिटी सदस्य हुन । 

उपमेयरका लागि बर्तमान उपमेयर दमयन्तादेवी चुडाल, चन्द्रकला भण्डारी, सीता भुजेल र देवी गौतम सुवेदी नाम सिफारिस भएको छ ।