“नगरबाट राष्ट्रिय स्तरको खेलाडी निकाल्नु छ”-राई (भिडियो सहित)

0 0


नेपालदृष्टि । दोस्रो मेयर कप फुटवल प्रतियोगिता २०७८,भब्यताका साँथ समापन भएको छ । उक्त कार्यक्रममा प्रमुख अतिथिकोरुपमा नगर प्रमुख रविन राई तथा वडाका वडा अध्यक्षहरुको पनि उपस्थिति रहेको थियो । 

१० दिन सम्म संचालन रहेको उक्त प्रतियोगितामा रतुवामाई नगरपालिका वडा नं.७ विजेता भएको छ भने उपविजेतामा वडा नं.६ रहेको छ । 

“युवा नै देशका कर्णधार हुँन । युवा सक्तिले नै देशको आर्थिक, सामाजिक तथा राजनीतिक परिपर्टीलाई आमूल परिर्वतन गर्न सक्छ । त्यसैले युवा सधै स्फूर्ति र स्वास्थ्य हुन जरुरी छ । यसको लागि सशक्त माध्यम् हो खेलकूद । त्यसैले हामीले युवाको चासो र विश्वासका कारण रतुवामाई नगरपालिकालाई “खेलकूद नगर” घोषणा गर्ने विश्वास दिलाएका छौ ।” नगर प्रमुख रविन राई बताउँछन । 

अन्य विस्तृत जानकारीको लागि हेर्नुुहोला प्रत्यक्ष भिडियो।
 

कार्यक्रमका सम्पूर्ण फोटाहरु नेपालदृष्टि nepaldristi  पेजमा हेर्नु होला ।