नेकपा एमालेका महासचिव पोखरेललाई कोरोना पुष्टि

२०७८ पौष ३०, शुक्रबार

1 0


३० पौष,नेपालदृष्टि । पछिल्लो दुई हप्तायता लगातार नेपालमा कोरोना संक्रमितको संख्या बढिरहेको छ । कोरोनाको जोखिम बढेसँगै धमाधम स्वास्थ्यकर्मीहरु संक्रमित हुन थालेका छन् । मुलुकका बिभिन्न अस्पताहरुमा कोरोना संक्रमितको भर्ना हुने दर पनि उकालो लागेको छ । यसै क्रममा शुक्रवारमात्रै त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा ६० जनाभन्दा बढी स्वास्थ्यकर्मीलाई नै संक्रमण देखिएको छ, भने वीर अस्पताल पनि ३० जनाभन्दा बढी कर्मचारीलाई कोरोना संक्रमण देखिएको छ । गएको दुई दिनयता उनीहरु संक्रमित भएको अस्पतालले जनाएको छ ।

संक्रमितको संख्या थपिँदै गएसँगै स्वास्थ्यकर्मीहरुमा समेत संक्रमण देखिन थालेको छ । त्रिवि शिक्षण अस्पताल र वीर अस्पतालको विभिन्न वार्ड तथा आइसियूमा कार्यरत स्वास्थ्यकर्मीमा संक्रमण यसरी नै तीव्र गति फैलदै जाने हो भने केही दिनभित्रै अस्पतालका शैया भरिने क’रा कोभिड १९ युनिफाइड अस्पतालका प्रमुख डा। भुपेन्द्र बस्नेतले बताए ।

 

नेकपा एमालेका महासचिव पोखरेललाई कोरोना पुष्टि
नेकपा एमालेका महासचिव शंकर पोखरेललाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । उनले आफू कोरोना संक्रमित भएको फेसबुकमार्फत जनाएका छन् । पछिल्लो दुई हप्तायता लगातार नेपालमा कोरोना संक्रमितको संख्या बढिरहेको छ । यस पटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहितका नेताहरु, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि संक्रमित भएका छन् ।