“परिचयपत्र अतिनै लाभदायक हुने छ”-राई (भिडियो सहित)

0 0


नेपालदृष्टि । राष्ट्रिय परिचयपत्र वितरण गर्ने कार्यक्रमअन्तर्गत पौष २२ गते देखि मोरंगको रतुवामाई नगरपालिकामा ब्यक्तिगत विवरण संकलन कार्य सुरु भएको छ । नगरका सबै वडाहरुमा फोटो खिची ब्यक्तिगत विवरण संकलन कार्य सुरु गरिएको हो । संकलन कर्ता टोलीले ल्यापटप, डिजिटल क्या मेरालगायतका सामग्री, प्राविधिक र इन्जिनियरसहितको टोली प्रत्येका वडामा गएर विवरण संकलन गर्दैछन ।

निर्वाचन आयोगमा रहेका मतदाता नामावलीको विवरणलाई आधार बनाएर वितरण गरिने छ । जिल्लाका गाउँपालिका, नगरपालिकामा पुगेर परिचयपत्र वितरण गरिने कुरा रतुवामाई नगरपालिकाका नगरप्रमुख रविन राईले वताउँनु भयो । निर्वाचन आयोगको विवरणसँग अरु विवरण मिलाएर वितरण गरिने बताइएको छ । 

नाम, जन्ममिति, बाबुआमाको नाम, बायोम्याट्रिक्स (औठा) छापसहितको विवरण भएको परिचयपत्र वितरण हुनेछ । स्मार्ट कार्डजस्तो परिचयपत्र वितरण हुनेछ । अनलाइनमा रिड गर्ने डिजिटल परिचयपत्र वितरण हुनेछ ।

नेपाल सरकारले सुरक्षा भत्ता दिने, पेन्सन लिन, पासपोर्ट लिन, सम्पत्तिको खरिद विक्रि गर्न, बैक तथा वित्तिय संस्थाको खाता खेल्न र बैकिंग कारोवार गर्न तथा बत्ति,पानी, टेलिफोन सेवा लिने जस्ता अतिआवश्यक सेवा लिन राष्ट्यि परिचयपत्र अनिवार्य गर्न लागेको कुरा नगर प्रमुख राईले पुनः बताउँनु भयो । 
साँथै उहाँसँग यसै विषयमा कुराकानी भएको थियो ।प्रस्तुत छ प्रत्यक्ष भिडियो ।