पौडेलले बोलाएको बैठक सिंहद्धारा बहिस्कार

0 0


नेपालदृष्टि । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वरिष्ठ नेता रामचन्द्र पौडेलले बोलाएको बैठक बहिस्कार गरेका छन् । आसन्न १४औं राष्ट्रिय महाधिवेशनमा सभापतिको उम्मेदवार घोषणा गरेका नेता सिंहले शुक्रबार पौडेलले बोलाएको बैठक बहिस्कार गरेसँगै गुटबाट अलग भएका हुन् ।

नेता पौडेलले शुक्रबार २ बजे आफूइतरका केन्द्रीय पदाधिकारी र सदस्यहरुको बैठक बोलाएका छन् । तर, नेता सिंहले महाधिवेशन तयारीमा केन्द्रीय भएको बताउँदै पौडेलले बोलाएको बैठकमा नजाने बताएका छन् ।

पछिल्लो समय नेता पौडेल र सिंहबीच दूरी बढ्दै गएको छ । १३औँ महाधिवेशनमा पौडेल सभापति लड्दा सिंह प्रस्तावक थिए । तर, आफूले सभापतिमा सघाएपनि पौडेलले अहिले सहयोग नगरेको सिंहको बुझाइ छ ।
आफूलाई सभापतिमा स्वीकार नगर्ने हो भने बैठकको अर्थ नभएको भन्दै नेता सिंह पौडेल समूहबाट अलगिएका हुन् । पछिल्ला केही सार्वजनिक कार्यक्रमहरुमा सिंहले सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता पौडेल दुवैले पार्टी हाँक्न नसक्ने बताउँदै आएका छन् । - - दृष्टि न्यूज