रतुवामाई-९ वडा समितिको शुभकामना कार्यक्रम भब्यरुपले सम्पन्न 

24 0


नेपालदृष्टि । मोरङको रतुवामाई नगरपालिका अन्तर्गत नेपाली कांग्रेस वडा नं. ९ को वडा समितिले वडा दशै, शुभ दिपावली तथा छट पर्वको पावन अवसरमा सम्पूर्ण वडाबासीहरुलाई समेटेर भेटघाट तथा शुभकामना आदन प्रदानको कार्यक्रम भब्यरुपले सम्पन्न गर्यो ।

संविधान सभा सांसद तथा मोरङ जिल्ला सभापति डिकबहादुर लिम्बुको प्रमुख अतिथित्वमा सम्पन्न उक्त कार्यक्रममा विशिष्ट अथितिकोरुपमा जिल्ला सभापति शिवनारायण सिंह, मोहदराज घिमिरे, क्षेत्रिय सभापति क्षेत्र नं.१ एवं उर्लावारी नगरपालिकाका नगरप्रमुख खड्ग फागो, फुलमतीदेवि गोढी, रतुवामाई नगरपालिकाका नगरप्रमुख रविन राई, खड्ग चोङवाङ, वडाअध्यक्ष ईन्द्रबहादुर लिम्वु तथा रतुवामाई नगर सभापति पोष्टबहादुर बस्नेत आदिको उपस्थिति रहेको थियो ।

वडा सभापति बौद्धमान थापाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा कविता वाचन,नृत्य तथा नेपाली कांग्रेसलाई विगतदेखि बर्तमानसम्म अतुलिनिय सहयोग गरे वापत सम्मन स्वरुप दोसोल्ला ओडाएर सम्मान गरिएको थियो भने, नेकपाबाट असन्तुष्ट भई नेपाली कांग्रेसमा प्रवेश हने ५ जना सदस्यहरुलार्ई स्वागत गरियो ।

कार्यक्रमका केही झलकहरु :

 



 

नेपाली कांग्रेसमा प्रवेश गर्ने सदस्यहरु :

सम्मानित सहयोगि सष्ट्राहरु :

नृत्यमा सहभागि कलाकारहरु :
 

अरु विस्तृत जानकारीको लागि nepal dristi youtube च्यानलमा हेर्नुहोला