आज बरगाछि र बिरानमुनि युवा सेमिफाईनलमा भिड्ने

अभिशेक नेपाल

1 0


नेपालदृष्टि । बिरानमुनि युवा समाज द्वारा आयोजित कपरसुका च्यालेन्ज कप नकआउट फुटबल प्रितियोगितामा सगरमाथा युवा क्लव ,कपरसुका लाई ३-२ गोल अन्तरले पराजित गर्दै बरगाछि फुटबल क्लव , उर्लाबारि जारि प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गारेको छ। उक्त टिमले सेमिफाईनलमा आयोजक बिरानमुनि युवा समाज संग प्रतिशपर्धा गर्ने छ ।

बिरानमुनि युवा समाजका गोलरक्षक मनोज मोरिया “म्यान अफ द म्याच” घोषित भए ।

बिरानमुनि युवा समाजले आज भएको कवर्टरफाईनल खेलमा क्रेटिभ  युवा क्लव ,सिजुवालाई टाईब्रेकरमा पारजित गरेको हो । १-१ गोलको बराबरिमा खेलको समाय सकिएपछि खेल टाईब्रेकरमा गएको थियो । बिरानमुनि युवा समाजको तर्फ बाट ११ मिनेटमा बुधलाल मर्डिले १ गोल गरेरे आफ्नो टिमलाई अग्रता दिलाए पनि पहिलो हाल्फको अतिरिक्त समायमा सिजुवाको तर्फ बाट १ गोल गर्दै खेललाई बाराबरिमा लयाएका थिए ।