प्रदेश : १ को बैठक बस्दै, मुख्यमन्त्री को हुने ?

1 0


नेपालदृष्टि । आज दिउसोका लागि प्रदेश न. १ को प्रदेश सभा बैठक बोलाइएको छ । जसमा प्रदेश नम्बर १ का मुख्यमन्त्री भीम आचार्यले राखेको विश्वासको मतको प्रस्तावमाथि मतविभाजन हुने भएको छ । नेकपा एमाले प्रदेश १ संसदीय दलका नेता आचार्य अल्पमतमा छन् । उनले विश्वासको मत जुटाउने सम्भावना कमजोर रहेको पाईएको छ ।

विपक्षी गठबन्धनबाट भावी मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी) प्रदेश १ संसदीय दलका नेता राजेन्द्र राईलाई अगाडि सार्ने निर्णय भइसकेको छ। आइतबार विपक्षी गठबन्धनका नेताहरूबीच बसेको बैठकले मुख्यमन्त्रीमा राईलाई समर्थन गर्ने निर्णय गरेका थिए।

९२ प्रदेशसभा सदस्य रहेको प्रदेश १ मा नेकपा एमालेसँग ४१ सांसद छन् । सभामुख र एक जना फरार अभियुक्त रहेकोले मुख्यमन्त्री आचार्यको पक्षमा ३९ मत मात्र प्राप्त हुने अवस्था छ । प्रदेशसभामा बहुमतका लगि ४७ सांसदको समर्थन आवश्यक पर्छ । विपक्षी गठबन्धनसँग ५० जना सांसद छन् ।

प्रदेश १ मा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी गठबन्धनबाटै नयाँ मुख्यमन्त्री बनाउने पक्षमा छन्। विपक्षी गठबन्धनबाट भावी मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी) प्रदेश १ संसदीय दलका नेता राजेन्द्र राईलाई अगाडि सार्ने निर्णय भइसकेको छ। आइतबार विपक्षी गठबन्धनका नेताहरूबीच बसेको बैठकले मुख्यमन्त्रीमा राईलाई समर्थन गर्ने निर्णय गरेका थिए।

नेपाली काँग्रेस संसदीय दलका सचेतक केदार कार्कीले गठबन्धनले केन्द्रीय तहबाटै प्रदेश १ मा समाजवादीको नेतृत्वमो सरकार बनाउने सहमति यसअघि नै गरिसकेको बताए । गठबन्धन बैठकले मन्त्रालय भागबण्डा र काङ्ग्रेसले दाबी गर्दै आएको आधा कार्यकालका विषयमा मुख्यमन्त्री नियुक्तिपछि छलफल गर्ने निर्णय गरेको नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले बताए ।

एमालेबाट मुख्यमन्त्री बनेका आचार्यले एमाले विभाजित भएर नेकपा एकीकृत समाजवादी निर्माण भएसँगै प्रदेशसभामा बहुमत गुमाएका थिए । भदौ १० गते मुख्यमन्त्रीमा नियुक्ति भएका आचार्यले ६९ दिनपछि आज विश्वासको मत लिने भएका हुन् ।

गठबन्धनमा रहेको काङ्ग्रेसँग २१, माओवादी केन्द्रसँग १५, नेकपा एकीकृत समाजवादीसँग १०, जसपासँग ३ र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चसँग एक जना सांसद छन् । एक जना सांसद रहेको राप्रपा दुवै पक्षमा खुलेको छैन ।