मन्त्री रिजालद्धारा बाढि र कटान प्रभावित क्षेत्रको निरीक्षण

17 0


नेपालदृष्टि । मोरङ निर्वाचन क्षेत्र नं. २ का सांसद एवं रक्षा मन्त्री डा. मीनेन्द्र रिजालले मोरंग जिल्लाको रतुवामाई नगरपालिका क्षेत्रभीत्र पर्ने रतुवा तथा वक्राहा खोलाबाट बाढी एवं  कटान प्रभावित स्थानहरुको प्रत्यक्षरुपमा निरिक्षण गर्नु भएको छ । उक्त कार्यक्रममा नगरप्रमुख रविन राईको पनि उपस्थीति रहेको थियो ।

रतुवा र बक्राहा खोला मोरंग जिल्लाकै अत्याधिक कटान र बाढीको जोखिमपूर्ण नदीको रुपमा मानिन्छ ।

अवलोकनकै क्रमा रिजालले रतुवा नदिले प्रभावित पारेको रतुवामाई नगरपालिका तथा उर्लाबारी नगरपालिकाको सिमानामा पर्ने गाईघाट क्षेत्र,  रतुवामाई नगरपालिकाको वडा नं. ७ मा पर्ने राजावास क्षेत्र, रतुवामाई नगरपालिका वडा नं. ३ मा पर्ने चौकीघाट तथा बक्राहा नदिबाट बढी प्रभावित रतुवामाई नगरपालिका वडा नं. १ को सोनापुर र वडा नं. ५ को लारिकट्टा कुमालटोल क्षेत्रको निरिक्षण गर्नुभएको छ । 

यसै क्रममा रक्षा मन्त्री रिजालले रतुवा नदिको पुल चाडै सञ्चालनमा आउने गरि काम सुरु हुने बताउनु भयो । साथै बाढि प्रभावित क्षेत्रमा तत्काल स्थायी बाँध निर्माण गर्ने, पीढित परिवारलाई राहतको व्यवस्थापन गर्ने र बेमौसमी बाढिले कृषकहरुको धानबाली तथा कृषि उत्पादनमा परेको क्षतिलाई मध्यनजर गर्दै कृषकहरुलाई समेत उचित राहतको व्यवस्थापन सरकारले गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।


 

रतुवा, बक्राहा, डास, चिसाङ्ग खोलाहरुमा आएको बाढी ले भएको क्षति निरीक्षण तथा राहात वितरण गर्नु हुदै रक्षा मन्त्री एवं माननीय साँसद डा. मीनेन्द्र रिजाल ।