नवदुर्गा मन्दिरमा सम्मान कार्यक्रम सम्पन्न 

हरि ढुंगाना

3 0


नेपालदृष्टि । मोरंगको रतुवामाई नगरपालिका ५ मिलडाँडा स्थित नवदुर्गा मन्दिरमा महानवमीको अवसरमा मन्दिरसँग सम्वन्धित विभिन्न पक्षमा समलग्न रही सहयोग गर्ने भक्त जनहरुलाई  सम्मान गर्ने कार्यक्रम गरिएको थियो। 

यसरी सम्मान हुनेहरुमा बर्ष भरी पुजामा सहयोग गर्ने भगीरथा धिमाल त्यस्तै मन्दिरको व्यवस्थापनमा महत्वपूर्ण योगदान गर्ने बुद्धिप्रसाद चापागाँई त्यस्तै बर्षभरीकै चन्दाता मध्येकी उत्कृष्टको रुपमा डोलकुमारी तिम्सीना र नवरात्री भरी मन्दिरको पुजादेखि व्यवस्थापनमा उल्लेखिनिय भूमिका खेल्ने मीन उप्रेती, राम तिम्सीना र जयराम लुईटेललाई मन्दिर व्यवस्थामनका अध्यक्ष दिकाराम चापागाँईले दोसल्लाह ओढाएर सम्मान गरेका  थिए ।

सो अवसरमा दुर्गा सत्तसती,चण्डीपाड गर्नुकासाँथै होम होमादी (यज्ञ) गरी नौ जना भन्दा बढी कन्यालाई रिविन,टिका,फलफुल र दक्षिणाले सम्मान गरेको कुरा नवदुर्गा मन्दिर व्यवस्थापन  समितिका सदस्य केदार घिमिरेले जानकारी दिए ।  यहाँ प्रत्येक बर्ष घटस्थापनादेखि महानवमीसम्म पूजापाठ,गुरुवन्दना,भजनर्कीतन,दुर्गा सत्तसती पाठ गर्ने परम्परा रहेको सचिव हिरा चापागाँईले बताए । उक्त कार्यक्रमको सञ्चालन  मन्दिर व्यवस्थापन समितिका सह सचिव डम्वर लुईटेल (दुर्गा)ले गरेका थिए ।

यस मन्दिरमा बलिप्रथालाई विस्थापित गरेर दुर्गा सत्तसती,चण्डीपाड तथा होम होमादी गर्ने गरिन्छ ।