आज बसेको बैठक मन्त्रिपरिषदलाई पूर्णता दिने 

२०७८ अश्विन २१, विहिबार

0 0


नेपालदृष्टि । सत्ता गठबन्धनको बैठक आज बस्दैछ । मन्त्रिपरिषदलाई पूर्णता दिनुअघि बैठक बस्न लागेको हो । सत्ता गठबन्धनमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चा रहेका छन् 

गठबन्धनमा रहेका दलहरुबीच मन्त्रालयको लगभग भागबण्डा मिलिसकेको छ । जनमोर्चाले सरकार बाहिरै बसेर गठबन्धनलाई सघाउने बताइसकेको छ ।

माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीको स्थायी कमिटी बैठकपछि गठबन्धनको बैठक बस्ने भएको छ । गठबन्धनबीच भागबण्डामा सहमति भएपछि सम्भवतः आजै मन्त्रिपरिषदलाई पूर्णता पाउने अपेक्षा गरिएको छ ।   - दृष्टि न्यूज