“६६औं प्रहरी दिवस” भब्यताकासाँथ मनाईयो

हरि ढुंगाना

8 0


 नेपालदृष्टि । जिल्ला ट्राफिक प्रहरी कार्यलय मोरंग तथा नेपाल यातायत ब्यवसायी महासंघ मोरंग र यातायत मदूर संघ तथा संगठनको संयुक्त आयोजनामा ६६औं प्रहरी दिवश विभिन्न कार्यकक्रम गरी आईतवार मनाईयो ।

 कार्यक्रममा प्रदेश १ का प्रहरी प्रमुख नायक महानिरीक्षक अरुण कुमार विसीले पानसमा बत्ती बालेर उद्घाटन गर्नु भयो । सो अवसरमा धेरै ट्राफिक नियम पालना गरेर सुरक्षितरुपमा बस चलाउँने उत्कृष्ट चालकहरु धर्मकुमार अधिकारी,दिपक वुर्जा मगर, अम्विका अधिकारीका साँथै समाजसेवी पद्मकुमार श्रेष्ठ, नेपाल औषधी संघ जिल्ला शाखा मोरंग, नोवेल मेडिकल कलेज विराटनगरलाई प्रहरी नायक महानिरीक्षक विसीले सम्मान पत्रले सम्मान गर्नुभएको थियो, भने उक्त सम्मान पत्र ट्राफिक प्रहरी प्रमुख तथा प्रहरी निरीक्षक चन्द्रबहादुर खड्काले वाचन गर्नु भएको थियो । साँथै प्रदेश १ का ट्राफिक कार्यलयका उपरीक्षक वाशुदेव खतिवडाले स्वागत मन्तब्य राख्नुभएको थियो । 

कार्यक्रममा विसीले सवैलाई स्वस्थ्य मापदण्ड पालना गर्ने मास्क र सेनिटाईजर प्रयोग गर्न आग्रह गर्नुभयो । साँथै आउदै गरेको वडा दशैंलाई मध्य नजर गर्दै प्रदेशभरी सात हजार प्रहरी शान्ति सुरक्षामा खटिने बताउँनुभयो । 

त्यस्तै कार्यक्रममा जिफ्रन्टका प्रदेश संयोजक कृष्ण धमला, नेपाल औषधी महासंघ मोरङका अध्यक्ष लक्ष्मी तिम्सिना, नोवेल अस्पतालका प्रवन्धक नारायण दाहालले पनि आफ्नो धारणा राखेका थिए ।
सो अवसरमा नोवेल अस्पतालका सत्र जना चिकित्सकबाट ५ सय ८९ जना प्रहरी कर्मचारीका परिवारहरु र यातायतमा आवद्ध मजदूरहरुको पनि निशल्क स्वास्थ्य शिविर गरिएको ट्राफिक प्रहरी कार्यलय मोरङ विराटनगरका नायक निरीक्षक शिवकुमार शर्माले जानकारी दिनुभयो ।

कार्यक्रममा वरिष्ट उपरीक्षक मीरा चौधरी, जिल्ला प्रहरी कार्यलयका प्रहरी उपरीक्षक जनार्जन जिसी, मोरङ जिल्ला प्रहरी कार्यलयका उपरीक्षक नविनराज राई । यातायत ब्यवसायिक महासंघ मोरङका संयोजक राजन कंडेल, समाजसेवी मीना जोशी ,पत्रकार महासंघका अध्यक्ष संजिव खनाल, मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडा, उद्घोष दैनिकका सम्पादक मोहन भण्डारी लगायतको उपस्थिती रहेको थियो ।