बालुवाटारमा सत्ता गठबन्धनको बैठक सुरु

0 0


नेपालदृष्टि । प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक सुरु भएको छ । मन्त्रिपरिषद विस्तारका लागि सहमति जुटाउन आइतबार बिहान बैठक बोलाइएको हो । बैठकमा अध्यादेशको खारेजी र मन्त्रिपरिषद विस्तारबारे छलफल हुँदैछ 

आइतबार बिहान १० बजेको समय तोकेर बोलाइएको गठबन्धन बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव लगायतको सहभागिता भएका छन् ।

जसपा अध्यक्ष उपेन्द्र यादवले बैठकमा राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश खारेज गरी मन्त्रिपरिषद विस्तार गर्ने विषयमा छलफल हुने बताए । उनले भने, ‘अब दुई–चार दिनमै मन्त्रिपरिषद विस्तार हुन्छ ।’

अध्यादेश खारेजी र मन्त्रालयको भागबण्डा टुंगिने यादवको भनाइ छ । सर्वोच्च अदालतले अन्तरिम आदेश जारी नगरेर मन्त्रिपरिषद विस्तारका लागि सजिलो पारिदिएको यादवले बताए ।  - दृष्टि न्यूज