बैठकले क्षेत्र र जिल्ला अधिवेशनको के टुंगो लगायो ?

0 0


नेपालदृष्टि । बुधबार सिंहदरबारमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले नेपाली कांग्रेसको पालिका अधिवेशन सकिएपछि क्षेत्रीय र जिल्ला अधिवेशन दसैँ–तिहारको बीचमा हुने जनाएको छ ।

उक्त बैठकले अधिवेशन दसैँ–तिहारको बीचमा पु–याउने समझदारी गरेको हो । यद्यपि, यसको औपचारिक रूपमा जानकारी गराइएको छैन ।

वडा अधिवेशन सम्पन्न भएका जिल्लामा आगामी ९ गते नै पालिका अधिवेशन  हुने र क्रियाशील सदस्यता टुंगो लगाउँन बाँकी १३ जिल्लाको हकमा प्रक्रियासंगत छानबिन गरेर टुंग्याउने समझदारी भएको छ ।