बढ्दो सडक दुर्घटना नियन्त्रणका लागि ब्यारिगर(भिडियो सहित)

4 0


नेपालदृष्टि । रतुवामाई नगरपालिका वडा नं.९ स्थित भौडाहा चौकको प्रहरी चौकी अगाडि तीन वटा ब्यारिगरहरु राखिएको छ । सडकमा राखिएका ब्यारिगरमा बिभिन्न ट्राफिक नियम  सम्बन्धी नाराहरु लेखिएका छन । यसबाट चोकमा बढ्दो सडक दुर्घटना र सवारीसाधनको गतिलाई नियन्त्रणका साँथ साँथै सवारी दुर्घटनालाई न्युनिकरण गर्न सकिने बताईन्छ ।

उक्त ब्यारिगर स्थानिय कञ्चनजंघा साकोस र आरम्भ नाट्य् डबली संस्थाको आर्थिक सहयोगमा राखिएको हो ।

ईलाका प्रहरी कार्यलय सिजुवाका प्रहरी निरीक्षक बिष्णु खड्का, भौडाहा प्रहरी चौकीका असइ खडानन्द तिवारी, रतुवामाई नगरपालिका वडा नं.९ का वडाध्यक्ष इन्द्रबहादुर लिम्बु, सामुदायिक प्रहरीका अध्यक्ष प्रकाश कार्की, कञ्चनजंघा साकोसका अध्यक्ष चन्द्र पराजुली र कोषाध्यक्ष तेजप्रसाद भण्डारीको रोभरमा उक्त ब्यारिगरहरु राखिएको हो । 

यस बारेमा कञ्चनजंघा साकोसका कोषाध्यक्ष तेजप्रसाद भण्डारीसँग थोरै केही कुराकानी भएको थियो प्रस्तुत छ त्यसको भिडियो ।