माओवादीका दुई मन्त्रीले राजीनामा दिन तयार

२०७७ चैत्र २५, बुधबार

0 0


नेपालदृष्टि। गण्डकी प्रदेश सरकारका नेकपा माओवादी केन्द्रबाट मन्त्री बनेका आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान र भूमिव्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापाले राजीनामा दिने भएका हुन् ।

आज (बुधवार) बिहान बसेको माओवादी संसदीय दलको बैठकले उनीहरुलाई राजीनामा दिन निर्देशन दिएको कुरा सम्वन्धित श्रोतले जनाएको छ ।