कस्तो रह्ये १३ औं राष्ट्रपति खेल प्रतियोगिता ?(भिडियो सहित)

1 0


नेपालदृष्टि । रतुवामाई नगरपालिका माध्यामिक तह नगर स्तरीय १३ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७७ को भब्य रुपमा सम्पन्न भएको छ । विविध खेलकूद कार्यक्रमकासाँथ रतुवामाई नगरपालिका,मोरंग स्थीत श्री सरस्वती माध्यामिक विद्याल, कादुपाँडामा सम्मन्न भएको थियो । 

यो बर्षको १३ औं राष्ट्रपति रनिङ्ग शिल्ड  प्रतियोगितामा सरस्वती मावि  ईटहरा प्रथम भएको छ । प्रतियोगितामा सरस्वती मावि इटहराले नगद १५ हजारसँगै शिल्ड,मेडल प्रमाण पत्र प्राप्त गरेको छ  । अन्य खेलमा १२ स्वर्ण, २ रजत, र १ कास्य पदक जितेको थियो ।
दोश्रो स्थान प्राप्त गर्ने राइजिङ्ग स्टार बोडिङ्ग स्कूलले नगद १० हजार नगदसँगै शिल्ड,मेडल र प्रमाण पत्र प्राप्त गरेको छ, भने ७ स्वर्ण, ३ रजत र ५ कास्यपदक हात पारेको छ। त्यस्तै तेस्रो स्थान सुनबर्षी माविले हासिल गदै माविले ३ स्वर्ण, ४ रजत १ कास्यपदक प्राप्त गर्यो । 

बिजेता बिधालयहरुलाई कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख रविन राई र उपप्रमुख दयन्तादेवि चुडालले नगदसँगसँगै शिल्ड,मेडल,प्रमाणपत्र पनि प्रदान गर्नुभयो । समापन कार्यक्रममा कवड्डी, हाइजम्प लगायत दुई दर्जन प्रतियोगितामा बिजयी हुने छात्र छात्राहरुलाई पुरस्कार समेत हस्तान्तरण गरिएको थियो ।।
 
“स्वस्थ्यको लागि खेलकूद, राष्टको लागि खेलकूद” मुल नारा बोकेर सम्पन्न भएको यो वर्षको उक्त खेलकद कार्यक्रममा नगरप्रमुख रविन राई भन्नु हुन्छ, “नगरमा खेलमैदान लगायत खेलकुद पर्वाधारहरुको विकाश भइरहेको र आगामी दिनमा खेलकुद थप सहज र व्यवस्थित हुँदै जाने छ ।” यसै क्रममा खेलकुदको विकासका लागि विद्यार्थीहरुलाई अनुशासनमा जोड दिन र हौसला प्रदान गर्न शिक्षकहरुलाई मेयर राईले आग्रह पनि गर्नुभयो।
उक्त समापन समारोह कार्यक्रमा मा पुर्वशिक्षक महानन्द भट्टराईलाई सम्मान गरिएको थियो ।  कार्यक्रममा ८ नम्बर वडा अध्यक्ष नन्दकुमार चापागाईं, ६ नम्बर वडा अध्यक्ष तुलाराम लुइँटेल, सरस्वती मावी कादुपादाका प्रधानाध्यापक यज्ञ भट्टराई लगायतले यस वर्षको रतुवामाई नगरपालिका माध्यामिक तह नगर स्तरीय १३ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बारे सम्बोधन गर्नुभएको थियो।

बिजेता बिधालयहरुलाई कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख रविन राई र उपप्रमुख दयन्तादेवि चुडालले नगदसँगसँगै शिल्ड,मेडल,प्रमाणपत्र पनि प्रदान गर्नुभयो । समापन कार्यक्रममा कवड्डी, हाइजम्प लगायत दुई दर्जन प्रतियोगितामा बिजयी हुने छात्र छात्राहरुलाई पुरस्कार समेत हस्तान्तरण गरिएको थियो ।
 

“स्वस्थ्यको लागि खेलकूद, राष्टको लागि खेलकूद” मुल नारा बोकेर सम्पन्न भएको यो वर्षको उक्त खेलकद कार्यक्रममा नगरप्रमुख रविन राई भन्नु हुन्छ, “नगरमा खेलमैदान लगायत खेलकुद पर्वाधारहरुको विकाश भइरहेको र आगामी दिनमा खेलकुद थप सहज र व्यवस्थित हुँदै जाने छ ।” यसै क्रममा खेलकुदको विकासका लागि विद्यार्थीहरुलाई अनुशासनमा जोड दिन र हौसला प्रदान गर्न शिक्षकहरुलाई मेयर राईले आग्रह पनि गर्नुभयो।
उक्त समापन समारोह कार्यक्रमा मा पुर्वशिक्षक महानन्द भट्टराईलाई सम्मान गरिएको थियो ।  कार्यक्रममा ८ नम्बर वडा अध्यक्ष नन्दकुमार चापागाईं, ६ नम्बर वडा अध्यक्ष तुलाराम लुइँटेल, सरस्वती मावी कादुपादाका प्रधानाध्यापक यज्ञ भट्टराई लगायतले यस वर्षको रतुवामाई नगरपालिका माध्यामिक तह नगर स्तरीय १३ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बारे सम्बोधन गर्नुभएको थियो।

कार्यक्रमको विस्तृत जानकारीको भिडियो ।