आफ्नो पहिचान,सम्वद्धनको लागि कार्यक्रम(भिडियो सहित)

1 0


नेपालदृष्टि । नेपाल जनजाती महासंघ रतुवामाई नगर समन्वय परिषदद्धारा गरुकुल सम्मान तथा संस्कार,संस्कृति जागरण कार्यक्रम सम्पन्न गरियो । 
प्रमुख अतिथि नगरप्रमुख रविन राई तथा विशिष्ट अतिथि उपनगर प्रमुख दयन्तादबी चुडाल रहेको उक्त कार्यक्रम रतुवामाई नगरपालिका वडा नं.६ शनिश्चरे बजारमा भएको थियो । कार्यक्रममा प्रत्येक समूदायको आफ्नै परम्परा,संस्कृति एवं धर्मसँग जोडिएको संस्कार हुन्छ । त्यही संस्कारलाई अगुवाई दिने काम कुल गुरुको हुन्छ ।

त्यसैले धर्म गुरुको स्थान उच्च हुने हुनाले चल्दै आएको परम्परालाई निरन्तरता र प्रोत्साहित गराउँनको लागि पनि कुल गुरुलाई सम्मान गरिएको नेपाल जनजाति महासंघ रतुवामाई नगर परिषदका अध्यक्ष खड्ग बिऋम तुङखुङले बताउँनु भयो ।

धर्म संस्कृतिभित्र रहेर आफ्ना संस्कारिक कर्म काण्ड गर्नको लागि कुनै अभाव नखड्कियोस । जसका कारण आफ्नो संस्कृति एवं परम्पराले निरन्तरता र जीवन्व पाईरहोस भन्ने कुरा नगरप्रमुख राईले बताउँनु भयो  । तर धर्म र परम्पराको नाममा कुनै पनि विकृतिलाई अगुवाई दिनुको साटो त्यसलाई निरुत्साहि बनाउँने र राम्रा चलनहरुलाई प्रोत्साहित गर्दै लाने कुरा पुनः राइले बताउँनु भयो ।

यसैक्रममा उपनगरप्रमुखले भन्नु भयो, “जातको नाममा कुनै पनि राजनीतिक गर्नु हुदैन । आफ्नो धर्म,संस्कृति,परम्परा एवं संस्कारलाई जोगाएर लौजानु पर्छ । जसले आफ्नो समूदाय र बर्गको पहिचान गराउँन ठुलो महत्व राख्दछ । तर यस्ता पहिचान प्रस्तुत गर्ने आफ्ना भेषभुषाहरु,बाजा गाजाहरु तथा संस्कृति जोगाउँने गीत,संगीत र नृत्यहरु विस्तारै लोप हुने स्थीतिमा देखिएका छन । त्यसैले यी यस्ता कुराहरुलाई जर्गेना र प्रत्सान गर्न यस कार्यक्रमले ठुलो भूमिका खेलेको छ ।”

धिमाल र सन्थाल जातिको इतिहासबारे खोज,अनुसन्धान गरि तयार पारिएको पुस्तकको नगर प्रमुख रविन राईको हातबाट बिमोचन गरिएको गरियो । उक्त कार्यऋममा नेपाल आदिबासी जनजाति भित्र पर्ने आ-आफ्ना जातिहरू को संस्कार र संस्कृति झल्कने विभिन्न नृत्यहरू लिम्बु,केलाङ,राजबंशी,धिमाल,ताजपुरिया र सन्थाल  प्रस्तुत गरिएको थियो । 

कार्यक्रममा कस्तो थियो अतिथि बर्गहरुको मन्तब्य ? हेनुहोस प्रत्यक्ष भिडियो ।