क्याम्पसको आठौ बार्षिक साधारण सभा सम्पन्न 

0 0


नेपालदृष्टि । सौठा वहुमुखी क्याम्पसको आठौ बार्षिक साधारण सभा सफलताकासाँथ सम्पन्न भयो । 

क्यम्पसको उक्त बार्षिक साधारण सभाबाट ३ बर्ष कार्यकालका लागि सञ्चालक समितिको आवश्यक पदमा उम्मेद्धारहरुको निर्विरोध चयन भएको छ । जसमा अध्यक्ष पदमा मात्रिकाप्रसाद भट्टराई, उपध्याक्ष उमेश गौतम, महिला सदस्य पदमा इन्दिरा अधिकारी, इन्द्रमाया पौडेल, विष्णुमाया बस्नेत, तथा खुल्ला सदस्य पदमा गणेश थापा, भगिरथ भण्डारी,कृष्णप्रसाद तिम्सिना र भगिरथ भट्टराई रहेका छन ।

उक्त कार्यक्रममा क्याम्पसको भावी कार्यक्रम र योजना तथा क्याम्पसको हाल सम्मको  शौक्षिक,भौतिक,आर्थिक लगायत आगामी कार्यक्रम रहितको प्रतिवेदन पेश गरिएको थियो ।

कार्यक्रममा जग्गा दाता तथा चन्दादाताको सम्मान,संस्थापक क्याम्पस प्रमुख तथा कार्यरत प्राध्यापक तथा कर्मचारीहरुलाई पनि सम्मान गरियो

प्रमुख अतिथि नगरप्रमुख रविन राई तथा विशिष्ट अतिथि उप नगरप्रमुख दयन्तादेवी चुडाललाई मायाको चिनोले सम्मान गरियो ।

कलेज विविध समस्याका वावदुत पनि अहिले आफ्नो कुशल स्थीतिमा रहेको र यसलाई  अझ संर्वद्धन र समृद्धिको लागि स्थानिय तहले सक्दो प्रयास गर्ने नगर प्रमुख राईले बताउँनु भयो ।

आगन्तुक अतिथि बक्तहरुले क्याम्पसको स्थथितिको बारेमा के कस्तो मन्तब्य राखे त्यसको प्रत्यक्ष भिडियो हेर्नु होला ।