प्रसुती सेवाको नगरप्रमुख राईद्धारा उदघाटन(भिडियो सहित)

6 0


नेपालदृष्टि । सबै घरमा डेलीभरी सुन्य गराउने सरकारको नीति अनुसार रतुवामाई नगरपालिका स्थीत सिजुवा स्वस्थ्य चौकीमा प्रसुती  सेवा केन्द्रको नगर प्रमुख रविन राईले समुद्घाटन गर्नु भयो ।
ग्रामिण भेगमा प्रस्तुतीको कारण नवजात तथा मातृ मृत्यु दरको बढी जोखिम भैरहेको अवस्थामा रतुवामाई नगरपालिकाले सबै वडाका स्वस्थ्य चौकीहरुमा प्रसुती  सेवा सञ्चालन गर्ने नीति बमोजिम भर्किया र ईटहरा स्वास्थ्य चौकीमा यो सेवा सञ्चालन भैसकेको कुरा नगर प्रमुख रविन राईले बताउँनुभयो ।

चौविसै घण्टा यो सेवा सञ्चालन हुने र प्रत्यक्षरुपमा स्वास्थ्य सेवीकाहरुको निगरानीमा यो प्रसुती  सेवा रहने कुरा स्वास्थ्य कर्मी तथा स्वास्थ्य चौकी प्रमुख उदयबहादर थापाले बताउँनु भयो ।

हाम्रो मलुकमा अझै पनि हात्ती पाइले रोग उन्मुलन भैसकेको छैन । यो डरलाग्दो घातक रोग विरुद्ध प्रत्यक्ष रुपमा स्वास्थ्यकर्मीको निगरानीमा यही चैत्र २० गते देखि चैत्र २९ गते सम्म औषधी खुवाईदै छ । यो रोगको रोकथामको लागि सबैले औषधी सेवन गर्न पर्दछ । यो रोग लागे पछि निको हुदैन ।

नगरप्रमुख राई हात्ती पाइले रोग विरुद्ध औषधी सेवन गर्दै ।

कार्यक्रममा अथिति बत्ताहरुले के के सम्वोधन गरे ? हेर्नुहोला त्यसको प्रस्तक्ष भिडियो ।