घाट विश्राम भवनको नप्र राईद्धारा शिलान्यास(भिडियोसहित)

0 0


नेपालदृष्टि । रतुवामाई नगरपालिका वडा नं.६ कादुपाँडामा ब्यवस्थीत तवरको मुक्ति घाटविश्राम भवनको नगरप्रमुख रविन राईले शिलान्यास गर्नु भयो । 

पाँच कट्ठा जमिनमा निर्माधिन रहेको उक्त मालमी विश्राम भवनमा ८र९को पुरुष र महिलाकोलागि बेग्ला बेग्लै दुई, दुईवटा ट्याँईलेट र वाथरुम बन्नुका साँथसाँथै भवनको वरिपरी गाडेन बनाउँने कुरा नगर सभापति जितमान श्रेष्ठले बताउँनु भयो । घाट परिसरलाई एक किशिमको आन्तरिक धार्मिक पर्यटनको विकासको लागि पनि पहल गर्ने कुरा पुनः श्रेष्ठले बताउँनु भयो 

मुक्ति धाम परोपकार समाज र स्थानिय बासीको पहलमा निर्माधिन उक्त भवनको सांसद डा. मिनेन्द्र रिजालको सांसद विकास कोषबाट रु.१० लाख तथा स्थानिय तहबाट संकल रु.४ लाख रकमबाट निर्माण हुने भएको छ ।

समय सँगै नगरमा जनसंख्याको पनि चाप बढ्दै गएको हुँनाले खोला,नाला पनि सुक्दै गएको छ । हिउदमा त नुहाँउने पानीको समस्यानै देखिन्छ । अव वातवरणको पनि समस्या बढ्दै गएको छ । यी यस्ता विविध कारणले आर्य घाटलाई पनि आवश्यक अरुप सुर्धादै जानु पर्ने नगर प्रमुख राईले बताउँनु भयो ।

हेर्नु होला, उक्त शिलान्यास कार्यक्रममा अतिथि बक्ताले के कस्तो सुझाव दिए, प्रस्तुत छ त्यसको प्रत्यक्ष भिडिया ।