किन सभामुख सापकोटाले प्रमलाई भेट्न समय पाएन ?

0 0


नेपालदृष्टि । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटासँग भेटवार्ता गरेका छन् । आइतवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्तामा संसदलाई प्रभावकारी बनाउने र सार्वजनिक महत्वका विधेयकलाई अगाडि बढाउने विषयमा कुराकानी भएको हो ।

समय मागेको तीन दिनपछि सभामुखले प्रधानमन्त्री ओलीलाई भेटेका हुन् ।
 
पछिल्लो समय सरकारले संसदलाई विजनेश नदिएको भनेर सांसदहरुले समेत आलोचना गरिरहेको बेला प्रधानमन्त्री ओली र सभामुखबीच भेटवार्ता भएको हो । सभामुखले प्रधानमन्त्रीलाई भेट्नको लागि आफूले समय मागेको यसअघि पनि बताएका थिए ।