नैतिक शिक्षाको बलियो धरातल “रत्न नीतिकथा”

1 0


नेपालदृष्टि । आध्यात्म एवम् सांस्कृतिक विषयवस्तुमाथि निरन्तर विचार, आलेख लेखिरहने पत्रकार तथा साहित्यकार कमल रिजालद्वारा लिखित रत्न नीतिकथा सङ्ग्रह भाग तीन सार्वजनिक भएको छ । रत्नपुस्तक भण्डारले प्रकाशित गरेको कथासङ्ग्रहमा बालोपयोगी २० वटा कथा सङ्ग्रहित छन् । यसको भाग एक र दुई गतवर्ष प्रकाशित भएको हो ।

उक्त रत्न नीतिकथा सँगालो भाग–३ मा २० वटा नीतिकथा संगृहीत छ । धूर्त सर्प, ध्यानको महत्त्व, पर्वतको अहँकार, भाइफुटे गवार लुटे, कर्मको फल, द्रौपदीको ताउलो, अनुपम दानलगायतका रोचक नीतिकथा यसमा समेटिएका छन् ।

“बालबालिकालाई सानैदेखि नैतिक शिक्षा दिंदै जानु अति अत्यावश्यक छ । तर अचेल नीतिकथामा खासै कसैको ध्यान जाँदैन । जबकि, कुनै समय विशेषगरी स्कुले विद्यार्थीहरूका लागि नीतिकथा अनिवार्य मानिन्थ्यो । विद्यालयपाठ्यक्रममा नीतिकथा कुनै न कुनै रूपमा राखिँदै आएको थियो । तर, आजको समय हेर्दा लाग्छ, नीतिकथा हराउँदै गएको छ । फलतः नैतिकता हराउँदै गएको छ । त्यसैले आजको विषम परिस्थितिमा जुन रूपमा भए पनि नैतिक धरातल बलियो बनोस् भन्ने हेतुले रत्नपुस्तक भण्डारले यस्ता पुस्तकहरु प्रकाशनमा ल्याईराखेको कुरा रत्न पुस्तक भण्डारका प्रोपाईटर गोविन्दप्रसाद श्रेष्ठ बताउँनु हुन्छ ।