माधव समूहको सांसदहरुको बैठकमा रणनीति कस्तो हुने ?

0 0


नेपालदृष्टि । आज बालुवाटारमा संसदीय दलको बैठक बोलाईएको छ । संसदीय दलका नेता समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले डाकेको उक्त बैठकमा जाने, नजाने निर्कोल गर्न यता माधव नेपाल समूहको पनि बैठक राखिएको छ । केपीले बोलाएको बैठकमा सहभागी हुने, नहुने नेपाल समूहका सांसदहरुको बस्दै गरेको बैठकले तय गर्नेछ ।


 

नेकपा एमालेको संसदीय दलको बैठकमा आज के होला ? बैठक अघि नै माधव नेपाल पक्षले कुनै कडा कदम चाल्ला ? तत्काल चासोको विषय बनेको छ । आजको बैठकभित्रको घटनाले एमालेभित्रको राजनीतिलाई पनि नयाँ मोड दिने बुझिएको छ ।

एमालेको नेपाल समूहभित्र राजीनामा दिएर भएपनि नयाँ ढंगले बढ्नुपर्ने या पार्टीभित्रै रहेर संघर्ष गर्नुपर्ने दुईवटा धार छ । आजको बैठकले कुन धार पक्रेला चासो बनेको छ ।