बैठकमा विधेयक तर्जुमा गर्न मन्त्रिपरिषद्को स्वीकृति

0 0


नेपालदृष्टि । मन्त्रिपरिषद्को बुधबार बसेको प्रदेश १ को बैठकले प्रदेश निजामति सेवा सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक तर्जुमाका लागि सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्ने विधेयक तर्जुमाका लागि समेत सहमति दिने निर्णय गरेको छ ।

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्तरगत कृषि व्यवसाय प्रवद्र्धन तथा अनुदान कार्यविधि (पहिलो संशोधन) लाई स्वीकृति प्रदान गरिएको जनाइएको छ ।

प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले सो विधेयक तर्जुमाका लागि मन्त्रिपरिषद्ले स्वीकृति प्रदान गरेको र मुख्य न्यायधिवक्ताको कार्यालयले तयार पारेको आर्थिक वर्ष २०७६–७७ को वार्षिक प्रतिवेदन प्रदेशसभामा पेश गर्न अनुमति प्रदान गर्ने निर्णय गरेको कुरा मन्त्री कार्कीले बताए ।