पोखरा तिर रुमलिदा  

जनक ढकाल

3 0


नेपालदृष्टि । भ्रमणले दिमाख बढाउदछ । यो वाक्यांस अंंग्रेजी  भाषाको नेपाली अनुबाद हो । वास्तबमा यस वाक्यांसमा पनि केहि तथ्य र सत्यता भने लुकेकै हुनु पर्दछ । म स्वभाबैले यात्रा भने पछि अलि बढी चासो राख्ने मान्छेमा नै पर्दछु त्यसमा पनि अलि लामो यात्रा भने पछि मेरो मन त्यसै पनि फुरुङ हुने नै भयो । कुरा केही समय अगाडीको हो । मेरा केही साथीहरु त्यसमा पनि नाता भित्रका साथीहरु टी.एन घिमिरे, राजन बास्तोला र भाइ तारा धमलाले संयुक्तरुममा पुर्बी जिल्ला मोरङबाट पोखरा हुदै पर्बत सम्मको यात्राको तयारी गरि सकेको रहेछन । मलाइ भने साथीहरुले यात्राको बिषयमा कुनै पनि पुर्ब जानकारी गराएको थिएनन ।

मलाइ गोप्यनै (सस्पेन्स) राखेर यात्रामा मलाइ पनि सहभागी गराउने उनिहरुको योजना रहेछ । यात्राको शुरु दिन शुक्रबार बिहान टी.एन जी ले पोखरा सम्मको यात्रा तय गरिएको छ तपाइको के छ बिचार भनेर फोन गर्न भयो रु म बढो दोधारमा परे यात्रामा जाउ भने कुनै पनि पुर्ब तयारी गरेको छैन । नजाउ भने यात्रा त्यसमा पनि लामो यात्रा भने पछि बढीनै उत्तेजीत हुने म । म दोधारमानै बसेको थिए , फोन गरेको एक थान धण्टा पछि टि.एन जी र भाइ तारा मेरो घरमा आएर गाडीको हर्न बजाउन थाल्नु भयो । सायद उहाको भित्री इच्छा पनि मलाइ यात्रामा लैजानेनै थियो क्यारे मेरो पनि भित्री इच्छा यात्रामा जानेनै थियो तर पनि मैले उहाहरुलाइ भन्नकै लागि मात्र भए पनि केही समस्या तेर्साए । अन्नतत कुनै पुर्ब तयारी बिना नै यात्रामा जाने मैले अघोसित सहमति जनाए ।

शुक्रबार करिब बिहानको ८ बजे तिर हामी ३ भाइ टी.एन जी , भाइ तारा र म घरबाट पाकेको भात छोडेर यात्राका निस्कियौ । बाटोमा टी.एन जी ले गाडीको नियमित चेक जाच गराउन इटहरीमा केही समय अलमल हुने कुरा सुनाउनु् भयो । गाडीको सर्भिसिङको लागि इटहरीमा भाइ लक्ष्मीलाइ जिम्मा लगाइयो । म भने त्यहि मौका छोपेर केश काट्न शैलुन तिर लागे केही घण्टा पछि गाडीको सर्भिसिङ सकिएको कुरा साथीहरुले सुनाए । हामी बाकी यात्राको लागि इटहरीबाट ११ बजे तिर पश्चिम तिर हूइकियौ । टि.एन जी ले सिन्धुली बाट राजन दाइ लाइ पनि लैजाने कुरा सुनाउनु भयो म झनै हर्सित भए । यसै बिच हामी सप्तकोशीको छेउमा पुगे पछि मैले यात्रा भरिको समयका लागि कसैले पनि औपचारिक सम्बोधनको लागि मुख नबार्ने र यात्राको अन्त्यमा दर्जीयता अनुशार माफी माग्ने भन्ने प्रस्ताब राखे साथीहरुले मेरो प्रस्ताबमा मौन सहमति जनाउनु भयो । यो भद्र सहमति पछि यात्रामा अर्को रमाइलो पन थपियो , किन भने नाता कुटुम्बै भए पनि एक अर्कालाइ औपचारिक संम्बोधन गरि रहनु नपर्ने भयो ।

यात्रामा औपचारिकरुपमा मुख बारेर सम्बोधन गर्नुको पिडा यो भन्दा अगाडिका केही यात्रामा मैले भोगी सकेको थिए । यसै बिच फेरी टि.एन जी ले सवारी चालकको हैसियतमा गाडीको यात्रा भरिको समयमा पछाडि सवार यात्रुहरु निधाउन नपाइने भन्ने अर्को प्रस्ताब राख्नु भयो ।गाडीको पछाडि सवार यात्रु निधाएको खण्डमा चालकलाइ पनि निन्द्रा लाग्छ भन्ने मान्यतामा उहाले यो प्रस्ताब राखेको हुनु पर्दछ , टि.एन जी को यो प्रस्ताबलाइ पनि हामीले सहमति जनायौ ।

गाडी आफ्नै गतिमा अगाडि बढि रयो , हामी भद्र सहमति अनुसारै गफ गर्दै अगाडि बढ्यौ ।घरमा पाकेको भात छोडेर हिडेको म बाटोमा टि.एन जी ले कहिले बसमझिया , कहिले मिर्चैया कहिले लाहान त कहिले बर्दीबासमा खाना खाउला भन्दै गफमा नै भुलाएर खर्बजाको झोलका भरमा बेलुका ८ बजे तिर हामी सिन्धुली पुग्यौ ।गाडीको एकोहोरो बसाइबाट थकित भएको महशुस भए पछि हामी बेलुका राजन दाइको मा नै बास बस्ने निधो गरियो । राजन दाइलाइ यात्राको बिषयमा अग्रिम जानकारी भएकाले वहा पुर्ब तयारीका साथ बसिरहनु भयो थियो ।

भोलि पल्ट बिहान ३ बजे हामी बाकी थप यात्राका लागि बाटो ततायौ । यात्राको दोश्रो दिन हामी ४ भाइ दिउसोको हेटौडामा रेनुका दिदिको घरमा खाना खाने योजना बनाएर अघिल्लो दिनको भद्र सहमतिलाइ अक्षरांश पालना गर्दै अघि बढ्योै ।
 

बिहानको १० बजेको समयमा हेटौडाको चिसापानी स्थित रेनुका दिदिको घरमा खाना खाएर बेलुका पोखरा पुग्ने लक्ष्यका साथ अगाडी बढिरयौ ।पोखरामा कमल जी लाइ भेटेर कमल जी लाइ पनि यात्रामा सहभागी गराउने कुरा टि।एन जी ले सुनाउनु भयो , कमल जी लाइ भेट्ने भने पनि म अझ हर्सित भए । हेटौडाको चारकोशे झाडी अनि गतिशिल गाडी भित्र हामी ४ भाइको यौन साहित्यको चर्चा बाटो काटेको मेसै भएन ।

यात्रा अवधि भरि गाडीमा गुन्जीएको अरुण थापाको स्वारमा सजिएको “ऋतुहरुमा तिमी हरियाली बसन्त हौ” बोलको गितमा नै हाम्रो बहस केन्द्रित भयो , उक्त गित बिश्वका उत्कृष्ट गितहरु मध्ये नोमिनेसनमा परेको थियो । सो गितमा नारीका लाजका गहनाहरुको बिषयमा बढो यौन कामुकता झल्काउने कोणबाट ब्याख्या गरिएको छ भन्ने मेरो ब्याक्तिगत टिप्पणी माथि साथीहरुले फरक मत जायर गरिरहे तर जे भए पनि मेरो मन भने पोखरामा पुगे पछि कमल जी लाइ भेट्ने ब्यग्र प्रतिक्षामा थियो कमल जी मेरो नाताको मान्छे अझ बढी नाता भन्दा पनि मेरो हितैसी साथी ।

चितवनको दासढुङा स्थित मदन भण्डारी दुर्घटना स्थल र तनहुको घासीकुवामा केही थान फोटो खिचेरमा हामी राती करिब ९ बजे पोखरा स्थित कमल जी को घरमा पुग्यौ । कमल जी बेलुका घरमा भेटिएनन , उनको स्वभाब र आचरणमा पहिलाको तुलनामा केहि परिवर्तन आएको मैले महशुस गरे मलाइ कमल जी को आचरण र लवजमा परिर्बतन भएको मा केहि नरमाइलो भयो यधपी कमल जी भोलि बिहान घर आए ।

हामी पुर्व बाट गएका मान्छेहरु भन्दा तुलनात्मकरुमा पश्चिमका मान्छेहरुको भाषा , चालचलनमा स्वभाबिक रुपमा फरकनै हुन्छ । हामीहरुले पोखराका मान्छेहरुको बोल्ने भाषामा केही फरक पन पयौ हामी त्यसमानै रमाउन थाल्यौ । पोखराको प्राकृतिक सौन्दर्याताको बिषयमा त मैले काफी सुनेको थिए , त्यसमा पनि त्यहाका मानिसहरुको बोलचालको शैलीले मेरो मन झनै तान्यो । यात्राको तेश्रो दिन हामीले कमल जी लाइ सगै लिएर पोखराका केहि रमणिय स्थानहरुमा रुमलिने योजना बनायौ । पोखराको बसाइ र घुमाइमा हामीलाइ कुनै समस्या थिएन किन भने हामी संग पोखराका रैथाने कमल जी थिए ।

पोखराको साराङकोट स्थित प्याराग्याइडिङमा उढ्ने सपना भने मौसमका कारण अधुरै रह्यो । साराङकोट बाट फकिए पनि पोखरामा मेरो एक जना हितैसी मित्र जीबन घिमिरेलाइ भेट्ने योजना अनुशार पोखराको नया रोडमा उसलाइ भेट्न गयौ । भेटमा साथीले चियाको प्रस्ताब राख्यो , साथीले ५ कप चियाको अकल्पनिय रकम तिरे पछि हामी पिडा मिश्रित हासो हास्दै बाहिर निस्कियौ । रात्रीकालिन समयमा पोखराको लेकसाइटको रोमान्चक दृश्यलाइ बाहिर बाटै नियाल्दै हामी पुन लामाचौर स्थित कमल जी कै घर तर्फ लाग्यौ । यात्राको चौथो दिन साथीहरुले पर्बत जिल्लाको कुस्मा स्थित बंन्जीजम्पको दृश्य अबलोलन गर्ने योजना बनाए , हामी बंन्जीजंम्पको दृश्य अबलोकन गर्न त्यस तर्फ लाग्यौ निमार्णधिन पहाडको साघुरो बाटो र घुम्तीहरु छिचोल्दै हामी त्यस तर्फ लाग्यौ ।

बन्जीजम्प गर्ने साहस कसैले नदेखाए पछि हामी आखालाइ रमिता मात्र दिलाएर पुन पोखरा फर्कीयौ । यात्राको पाचौ दिन औधोगिक नगरी बिरगन्जमा दिन भर टि।एन जी का केही ब्यापारिक साथीहरु भेटघाट गरेर पुन सिन्धुलीमा राजन दाइको घरमा बास बसि उहालाइ त्यहि छोड्द हामी ३ भाइ सप्ताह ब्यापी यात्रा पुरा गरि आफ्नो आफ्नो नियमित कर्ममा फर्कियौ ।