अव “पछ्यौरी” म्यूजिक भिडियो बजारमा

1 0


नेपाालदृष्टि । गीतकार निर्मला पालिखेको “पछ्यौरी” बोलको गीतको म्युजिक भिडियो सम्पूर्ण कार्य सकेर वजारमा आउन तयरीमा जुटेको छ । उक्त भिडियोमा वसन्त सापकोटाको निर्देशन, सागर (शरद) अधिकारीको संगीत तथा साहित्यकार सुरेश कश्यप घिमिरेको संयोजन रहेको उक्त म्यूजिक भिडियो पोखराको मोनोहरविभिन्न स्थानमा गएर छायाँकन गरी तयार गरिएको हो । सो म्यूजिक भिडियोमा मोडल रुक्मिला अधिकारीले मूख्य भूमिकामा जिवन्त अभिनय गरेकी छन । भिडियोलाई सिलन लम्सालले सम्पादन गरेका हुन भिडियो बाट आफू आशाबादी रहेको निर्देशक सापकोटाले बताएका छन।

गीत :
न ओढाउ पृय पछ्यौरी अब निष्ठुरि भै जान लाई ।
 मुटु मै रोप्यौ धारिलो छुरा मलहम न लाउ मलाइ ।। 
हिमालझै म त सहन सक्छु चोट हरु छन जति यहाँ ।
 सेती नदि झै सुसाइ रहन्छु फेवा झै शान्त तिमी हुनु त्याहा ।। 
गलाको पासो बनायौ जीवन भो सहलाउन न आउ मलाइ । 
बगर बनेर म जिउछु यहाँ फुल बनी तिमी फुल्नु त्याहा ।। 
थाकी सके म जिन्दगी देखि रहेन केही अब आशा यहाँ ।
मायाको चिनो चाहिन्न अब कल्पेर बाच्न लाई ।। 
मुटु मै रोप्यौ धारी छुरा मलहम न लाउ मलाइ ।। 

शब्द,सङ्गीत तथा गायन को त्रिकोणत्मक रुपमा तयार भएको यो गीत एउटा जिबन्त म्यूजिक भिडियो बनेको छ । गीत भित्र गीतकार स्वयम् आफै पनि बग्नु भएको छ । आफ्नो जीवन साँथी गुमाउनु भएकी गीतकार निर्मला पालिखे को हृदयबाट फुटेका यी शब्दलाइ मन छुने सङ्गीत भरी दिएर अनि हृदय स्पर्सी स्वर दिएर जमुना शर्मा र सागर अधिकारी ले साच्चै एउटा जिबन्तता थपिदिनु भएको छ । त्यस्तै निर्देशक वसन्त अनि नायिका रुक्मिलाले गीतको भाव सत्तप्रतिशत बुझेर गीतलाइ इन्साफ प्रदान गर्नु भएको छ । 
 

 “पछ्यौरी” म्यूजिक भिडियो परिवारसँग साहित्यकार सुरेश कश्यप घिमिरे