नवदुर्गा मन्दिरको सभा हलको शिलान्यास (भिडियो सहित)

0 0


नेपालदृष्टि । रतुवामाई नगरपालिका -५ स्थीत मिलडाँडामा अवस्थीत नवदुर्गा मन्दिरको परिसरभित्र बन्ने सभा हलको प्रदेश सांसद तथा मोरङ जिल्ला क्षेत्र नं.२ का उपसभापति शिवनारण सिंह एवं प्रदेश १ का नेपाली कांग्रेस सभापति खड्ग चोङवाङले शिलान्यास गर्नु भयो ।

स्थानिय पूर्वधार बिकास साझेदारी कार्यक्रम अन्र्तगत रतुवामाई नगरपालिकाले दश लाखको अनुदान प्रदान गरेको उक्त सभा गृहको लागत अनुमान ११०९१४३.६०÷– रहने छ । निमार्णधिन उक्त भवन निर्माण कार्यमा जनसभागिताबाट रु. १०९१४३.६०÷–जम्मा भैसकोको सो सभा गृहको लम्वाई ४९फूट, चौडाई ३१ फूट रहेको छ ।

मन्दिर तथा स्थानिय तहमा हुने बिभिन्न किशिमका अति आवश्यक भेटघाट कार्यक्रमहरु बसेर अन्र्तक्रिया गर्न अति कठिन भएको थियो । यसको लागि हाम्रो निकै ठुलो प्रयासले हलको शिलान्यास भएको कुरा प्रदेश १ का जिल्ला कार्य समितिका सहसभापति लक्ष्मी चौलागाँईले बताउँनु भयो ।

उक्त सभा हलको उद्घाटन क्रममा सांसद तथा सभापतिद्धय सिंह एवं चोङवाङले सम्वोधन गर्नु भएको सम्वादको भिडियो ।