किन प्रम ओली झापामा ?

0 0


नेपालदृष्टि। आज प्रधानमन्त्री केपी शर्मा ओली जहाजबाट गृहजिल्ला झापा जाँदै हुनुहुन्छ । प्रधानमन्त्री ओली १० बजे भद्रपुर विमानस्थल पुग्ने कार्यक्रम छ । ओलीको आज झापा क्षेत्र नम्बर ५ मा पुगेर पार्कको शिलान्यास गर्ने कार्यक्रम तय भएको छ । प्रधानमन्त्री ओलीले रतुवा खोलामा बनेको पुल उद्घाटन गर्ने पनि कार्यक्रम रहेको छ । 

औद्योगिक क्षेत्र शिलान्यासलगायतका कार्यक्रममा सहभागी हुन ओली झापा जान लागेका हुन् ।

झापाको दमक नगरपालिका, कमल गाउँपालिका र गौरादह नगरपालिकामा फैलिने औद्योगिक क्षेत्रलाई ‘चीन(नेपाल मैत्री औद्योगिक पार्क’ नाम दिइएको छ । ६४ अर्ब रुपैयाँ लगानी रहने ‘चीन(नेपाल मैत्री औद्योगिक पार्क’ पीपीपी मोडलमा निर्माण गर्ने सम्झौता भइसकेको छ । सरकारले एक सातामा पाँच वटा औद्योगिक क्षेत्र शिलान्यास कार्यक्रम निर्धारण गरेको थियो । 
 

प्रधानमन्त्री ओली आजनै काठमाडौ फर्कने कार्यक्रम रहेको छ ।