प्रचण्ड-माधव समूहको सत्ता साझेदारीमा कांग्रेसलाई प्रस्ताव

0 0


नेपालदृष्टि । आज देउवा निवास बुढानीलकण्ठमा दिउँसो ३ बजे नेपाली कांग्रेसको पदाधिकारीको बैठक बस्दै छ । उक्त बैठक पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न र पार्टीका पूर्वपदाधिकारीहरुसमेत सहभागी हुने क’रा जानकारीमा आएको छ ।

यो बैठकपछि देउवाले छिट्टै संसदीय दलको पनि बैठक बोलाउने बताएका छन् । प्रतिनिधिसभामा कांग्रेसका ६१ सांसद छन् ।

ओलीको कदमलाई सर्वोच्च अदालतले असंवैधानिक ठहर गरेपछि पुनःस्थापित संसदमा नयाँ सरकार गठनको रस्साकस्सी सुरु भएको छ । यसमा कांग्रेस निर्णायक देखिएको छ ।
‘प्रचण्ड’ र माधव नेपालले हिजो देउवालाई भेटेर सत्ता साझेदारीको प्रस्ताव राखेका छन् । देउवाले भने पार्टीमा छलफल गरेर जवाफ दिने बताएका थिए । त्यसैले कांग्रेस संसदीय दलका नेतासमेत रहेका देउवाले आज पदाधिकारी र पूर्वपदाधिकारीहरुसँग संयुक्त छलफल गर्न लागेका हुन् ।