रतुवामाई नगर कमिटि तथा युवा संघको विजय –याली (भिडियो सहित)

0 0


नेपालदृष्टि । सर्वोच्च अदालतले संसद विघटनलाई बदर गरिदिएसँगै नेकपा प्रचण्ड(माधव समूहले आफ्ना विरोध कार्यक्रमलाई खुसियाली सभामा परिणत गरेको छ ।

संसद विघटनको विरोधमा चौथो चरणमा आन्दोलनरत प्रचण्ड(माधव समूहले मुलुकका बिभिन्न,जिल्ला सदरमुकाम वा उपयुक्त ठाउँमा प्रदर्शन गर्ने निर्णयअनुरुप मोरंगको रतुवामाई नगर कमिटि तथा सरकारविरुद्ध संघर्षमा सक्रिय युवा संघको संयुक्त आयोजनमा सोमवारे, भौडाहा, इटहरा वजार हुँदैदाभ्राभिट्टा वजारमा गएर कोण सभामा परिणत भएको थियो । प्रचण्ड(माधव समूहले प्रदर्शनको स्वरुप परिवर्तन गरी देशैभर खुसियाली मनाउन लागेको हो ।

प्रतिनिधिसभा पुनर्स्थापना गर्ने सर्वोच्चको फैसलाको स्वागत गर्दै उक्त कार्यक्रमका वक्तहरुले नेपालको न्यायिक इतिहासमा यो कोसेढुंगा भएको भन्दै अदालतको फैसलाबाट लोकतन्त्रको जित भएको बताएका छन ।

कार्यक्रमको केही झलकको भिडियो ।