“३ महिने सिलाईकटाई तालिम” कार्यक्रमको उद्घाटन

3 0


नेपालदृष्टि । रतुवामाई महिला एकता समाजद्धारा आयोजित “३ महिने सिलाईकटाई तालिम” कार्यक्रमको उद्घाटन भएको छ । 

“शिप सिकौ आत्मनिर्भर बानौ” भन्ने मुल नारा सहित आयोजित उक्त कार्यक्रम निःशुल्करुपमा वर्डा नं. ८, ९ का विपन्न वर्गलाई लक्षित गरेर संचालनमा ल्याएको कुरा रतुवामाई एकता समाजकी सचिव मौयादेवि कट्टले वताउँनु भयो । 

३० जना महिलाहरुको समूह रहेको उक्त कार्यक्रममा उपस्थीति महिलाहरुको उत्साहितजन भेला भएको थियो ।

सिता दाहालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथि रविन राई, विशिष्ठ अथिति खड्ग चाेंगवांग तथा वर्डा सदश्य सरस्वता राईको उस्थीति रहेको थियो ।