१५० सदस्यीयसहितको रतुवामाई नगर कार्यसमिति गठन् 

खड्ग वेदना

3 0


नेपालदृष्टि । मोरङ्गको रतुवामाइ नगरपालिकामा आज शनिबार नगरस्तरिय बृहत तरुणहरुको भेलाले सर्वसम्मतबाट युवा नेता प्रकाश कार्कीको अध्यक्षतामा १ सय ५० सदस्यीय नेपाल तरुण दल रतुवामाई नगर कार्यसमिति गठन भएको गरेको छ ।

सो समितिको सह अध्यक्ष बिनोद थापा,उपाध्यक्षमा बिजयकुमार यादव,दिपक शाह,निराजन आचार्य,अनिल अधिकारी,अशोक दास,सचिवमा दिलिप सिंह,क्रषिकेश दाहाल,सह सचिबमा दिलिप यादव,गिरिजा ताजपुरिया,मनिस पौडेल र कोषाध्यक्षमा मुन्ना शाह चयन भएकाछन् ।

त्यस्तै कार्य सम्पादन समिति सदस्यहरुमा सन्तोष पुरी,हाङ्ग जिमी,लक्ष्मी सिंह,योगेन्द्र सिंह,साम्सोङ्ग लिम्बु,सरोज खत्री,बिवेक अधिकारी,सन्तोष भट्टराइृ,साविर आलम,लिला काफ्ले,जावुल मिया,कैलास श्रेष्ठ,गोविन्द यादव,मनोज रिषिदेव,अजन किसोर सिंह,रमेश प्रसाई,नविन राना,संयोग बिष्ट,किरण वाग्ले,रुद्र प्रसाद ढुगांना,प्रकाश गुरागाई,कृष्ण थापा रहेकाछन् भने अन्य १ सय १५ जना सदस्यमा चयन भएकाछन् । नव गठित समितिका अध्यक्ष प्रकाश कार्कीलाई कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा संघिय सांसद डा। मिनेन्द्र रिजालले सफथ ग्रहण गराउनु भएको थियो ।

यसै बीच कार्यक्रममा बिभिन्न पाटी परित्याग गरि दुइ दर्जन भन्दा बढी व्यक्तिहरु नेपाली काँग्रेस पार्टीमा प्रवेश गरेकाछन् । कार्यऋममा युवाहरूको व्यापक सहभागिता रहेको थियो

नेपाली काँग्रेस रतुवामाई नगर समितिकोे आयोजनामा रतुवामाई नगरपालिका वडा नं. १ चुनिमारी स्थित बल्खुवान जङ्गलमा भएको सो नगरस्तरिय बृहत तरुण युवा भेला कार्यक्रम नेपाली काँग्रेस रतुवामाई नगर समितिका सभापति जीवन पनेरुको सभापतित्व तथा नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा संघिय सांसद डा. मिनेन्द्र रिजालको प्रमुख आतिथ्यमा भएको थियो । नेपाली काँग्रेस रतुवामाई नगर समितिका सचिब जीतमान श्रेष्ठले सञ्चालन गर्नु भएको कार्यक्रममा नेपाली काँग्रेस रतुवामाई नगर समितिका सह सभापति पोष्ट ब। बस्नेतले स्वागत मन्तव्य राख्नु भएको थियो ।
सो कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रिय सदस्य बद्री पाण्डे, नेपाली काँग्रेस मोरङ्ग जिल्ला कार्यसमितिका सभापति डिक बहादुर लिम्बु,मोरङ्ग जिल्ला सचिव मोदराज घिमिरे,पुर्व जिल्ला मोरङ्ग सचिब यदुकुमार बिष्ट,रतुवामाई नगरपालिकाका नगरप्रमुख रविन राई,सुनबर्षी नगरपालिकाका मेयर कालिप्रसाद दास लगायतले नवगठित समितिलाई अग्रिम बधाई तथा सफल कार्यकालको शुभकामना दिनु भयो ।
बनभोज तथा विभिन्न सास्कृतिक कार्यक्रम सहित भएको कार्यक्रममा आमन्त्रित महिला अतिथिहरु बीच कुर्सी दौड प्रतियोगिता समेत भएको थियो । सो प्रतियोगितामा तारा भण्डारी प्रथम,मन्जु राई द्धितिय र रमा अधिकारी तृतिय हुनुभएको थियो । बिजेताहरुलाई कार्यक्रमका प्रमुख अतिथि संघिय सांसद डा मिनेन्द्र रिजालले पुरस्कार प्रदान गर्नुु भयो ।