रतुवामाई नगर कमिटीको पुर्नगठन(भिडियो सहित)

3 0


नेपालदृष्टि । केपी ओलीको नेतृत्व रहेको नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) को रतुावमाई नगर कमिटी पुर्नगठन भएको छ । नेकपाका पुराना नेता कमरेड देवि दाहालको अध्यक्षतामा १२५ सदस्य रतुवामाई नगर कमिटीको घोषणा भएको छ ।

मोरंगको रतुवामाई नगरपालिका स्थीत विश्वनाथ मन्दिरमा सम्पन्न उक्त कार्यक्रमा नगर कमिटीको घोषणा तथा सफत ग्रहण कार्यक्रम पनि रहेको थियो । 

कमरेड तुलरामको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा पूर्व माननिय तथा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) अध्यक्ष ऋषिराम पोखरेल, केन्द्रिय कमिटीका सदस्य गुरु बराल, केन्द्रिय कमिटीका सदस्य गंगा डागीँको अथित्वमा रहेको उक्त बृहत भेलामा रतुवामाई नगरपालिकाकी उपनगर प्रमुख दयान्तदेवी चुडाल तथा वडा अध्यक्ष नन्दकुमार चापागाँईको पनि उपस्थिति रहेको थियो ।