किन प्रधानमन्त्री ओली निर्वाचन आयोगको जाने ?

२०७७ माघ २७, मंगलबार

0 0


नेपालदृष्टि । आज ११ बजे प्रधानमन्त्री केपी शर्मा ओली निर्वाचन आयोगको कार्यालय कान्तिपथ जाने कुरा  उनको सचिवालय स्रोतले जनाएकाको छ ।

नेकपा विवाद र निर्वाचनको तयारीका विषयमा छलफल गर्न आयोगले यही माघ १६ गते नेकपाका दुवै पक्षलाई बोलाएको थियो ।

नेकपाका दुवै खेमाका नेताहरुले आफूहरु मूल पार्टी रहेको दाबी गर्दै आएका छन् । तर, आयोगले दुवै पक्षको दाबी नपुगेको जनाउँदै आएको छ ।संसद विघटन लगत्तै नेकपा विभाजित भएको थियो । एउटा खेमाको नेतृत्व ओलीले गरेका छन् भने अर्कोको नेतृत्व प्रचण्ड र माधव नेपालले गरेका छन् ।