प्रतियोगितामा आयोजक टिम बिजयी 

जनक ढकाल

1 0


 नेपालदृष्टि। मोरङको कानेपोखरी गाउपलिका ७ स्थित आइतबारेमा जारी मितेरी च्यालेन्ज कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक मितेरी फुटबल क्लब बिजयी भएको छ ।

 स्थानिय जन कल्याण मा।बि को खेल मैदानमा आज भएको प्रतियोगितामा आयोजक मितेरी युवा क्लबले सतन युवा क्लब इटहरीलाइ ०- का बिरुद्ध ४ गोल अन्तरले पराजय गरेको हो ।

 मितेरी युवा क्लबको तर्फबाट पहिलो हाफको छैटौ मिनेटमा जर्सी नं. ९का बिजय ढकालले पहिलो गोल गरे । मितेरी युवा क्लबका जर्सी नं११का सरोज कार्कीले २ गोल गरेका थिए । मितेरी युवा क्लबका जर्सी नं ७ का संजय धिमालले पहिलो हाफको २० औ मितेटमा १ गोल गरेका थिए ।

प्रतियोगिताको पहिलो गोलकर्ता खेलाडीको रुपमा आयोजक टिमकै बिजय ढकाल पुरस्कृत हुदै नगद १ हजार हात पारेका  थिए । 

 खेलको म्यान अफ दि म्याचमा आयोजका टिमका सरोज कार्की घोषित हुदै २ हजार नगद प्राप्त गरे   । प्रतियोगिताको पहिलो गोलकर्ता खेलाडीको रुपमा आयोजक टिमकै बिजय ढकाल पुरस्कृत हुदै नगद १ हजार हात पारेका  थिए । 

आयोजक समितिले आज प्रतियोगिताको अद्घाटन एक भब्य औपचारिक कार्यक्रमका बिच गरेको थियो । उद्घाटन समारोहमा प्रदेश संसद सुयर्मा राज राइ लगायतका अन्य समाज सेबी तथा खेल प्रेमीहरुको बाक्लो उपस्तिथी रहेको थियो ।

 भोलिको खेल गाइघाट युवा क्लब र शसस्त्र प्रहरीको बिभागिय टिम पकली बिच दिनको २ बजे बाट शुरु हुने आयोजक समितिले जनाएको छ ।