वडा ८ को बाटोको लागि ६ लाख छुट्याँइयो

0 0


नेपालदृष्टि । मोरंग रतुवामाई नगरपालिका वडा नंं. ८ मा बन्ने स्तरउन्नत बाटोको लागि स्थानिय तहबाट उपभोक्ता समिति गठन भएको छ । वडा नं. ८ मा पर्ने फुलबारी क्लवदेखि उत्तरहुँदै वडा नंं. ९ लाई जोड्ने उक्त बाटोको लागि रतुवामाई नगरपालिकाको आर्थिक वर्ष ०७७/०७८ बाट विनियोजन भएको रकमबाट रु. ६ लाख रुपैयाँ योजनामा समावेश गरिएको छ ।

वडा अध्यक्ष नन्दकुमार चापागाँईको संयोजकत्वमा गठन भएको उक्त उपभोक्ता समितिको पहलमा तत्कालै निमार्ण कार्य सुरु गरिने बताईएको छ । पहिले पनि बाटोमा रोडा विछ्याँइएको भएकोले अव त्यस बाटोलाई स्तरउन्नततिर लैजाने कुरा अध्यक्ष चापागाँईले बताउँनु भयो । 

टेकनाथ घिमिरेको अध्यक्षतामा सम्पन्न भएको उक्त उपभोक्ता समितिमा सचिव देवराज पाण्डे, कोषाध्यक्षमा दीपा घिमिरे, सदश्यहरुमा सुर्दशन घिमिरे, सम्झना रेग्मी, सविन ढुंगेल, भोला पाण्डे, रामप्रसाद बाँस्तोला र कविता ढकाल रहेका छन ।