किन पूर्वसांसद यादव ओली समूहमा प्रवेश ?

1 0


नेपालदृष्टि । जनता समाजवादी पार्टीका नेता एवं पूर्वसांसद शिवजी यादव नेकपा ओली समूहमा प्रवेश गरेका छन् 

शिवजी यादव बताउँछन, “म पहिले पनि एमालेनै थिएँ । म पुरानै पार्टीमा फर्किएँ । म कुनै पनि व्यक्तिगत स्वार्थ पूर्तिको लागि यो पार्टीमा प्रवेश गरेको होइन । मेरो राष्ट्रिय स्वार्थ छ, त्यसैले मैले शान्ति सुव्यवस्था र स्थिरताको लागि यो पार्टी रोजेको हुँ । मेरो एजेण्डा पनि त्यही हो । त्यसैले म कुनै व्यक्तिगत स्वार्थको लागि नेकपामा आएको होइन ।  र ओलीको जनतामा जाने निर्णय मलाई राम्रो लाग्यो यसैलाई समर्थन गर्दै नेकपा ओली समूहमा आबद्ध भएको हुँ ।” 
 

महोत्तरीका जनता समाजवादी पार्टीका नेता यादवलाई प्रधानमन्त्री एवं ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले स्वागत गरे ।