रतुवामाईमा ५ मा कुष्टरोगको लक्षण भेटियो(भिडियो सहित)

0 0


नेपालदृष्टि । ६८औं विश्व कुष्टरोग दिवश मुलुकभर विभिन्न किशिमले मनाईयो । यसैक्रममा मोंरगको रतुवामाई नगरपालिका स्थीत सिजुवा स्वास्थ्य चौकीले पनि आफ्नो कार्यक्रम सहित मनायो । नगरका नगरप्रमुख रविन राई एवं उपनगरप्रमुख दयन्तदेवि चुडालको अथित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा नगरमा रहेका विरामीहरुका बारेमा प्रत्यक्ष सरोकार मेयर तथा उपमेयरद्धयले राख्नु भयो । 

यो रोगलाई लुकाउँने प्रबृति हाम्रो समाजमा अझै पनि रहेको छ । मुलुकमा कुष्टरोग निराकरण भैसकेको घोषणा भए पनि यिनै सामाजिक बन्देजका कारणले यो लुकिछिपी पुन : देखिन थालेको कुरा नगरप्रमुख राईले बताउँनु भयो । तर पनि उपचारलाई निरन्तरता र विस्तृतरुपले अगाडि बढाउँदै लैजाने हो भने यो रोगबाट रोक थामका साँथै पूर्णरुपले निराकरण गर्न सकिने उहाँले बताउँनु भयो ।

गाउँघरका महिलाले त अहिले पनि यो रोगका बारेका जानेबुझेका पनि छैनन् । यो रोग लाग्नु पापकै कारण हो,भन्ने मनस्थीति बोकेकै छन । नियमित औषधी सेवनले निको हुँने अरुलाई पनि नसर्ने कुराहरु जनमानसलाई छर्लङुग बुझाउँन सक्ने प्रभावकारी कार्यक्रम हुनु जरुरी रहेको कुरा उपनगर प्रमुख चुडाले बताउँनु भयो। 

र्सवेक्षणका आधारमा अहिले रतुवामाई नगरपालिकामा जम्मा ५ जनामा यो रोगको लक्षण देखिएको कुरा स्वास्थ्य शाखाका प्रमुख सन्तोषकुमार शाहले बताउँनु भयो । अव यो रोगको रोकथामको लागि नगरभरी ३ चरणको कार्यक्रम ल्याँउने कुरा पनि शाहले बताउँनु भयो । 

३ चरणको कार्यक्रम

पहिले चरणमा : बिरामी परिवारका छरछिमेकमा गरए सबैलाइै एक डोज “रिफम्पिसिन” औषधीको सेवन गराउँने । जसका कारण रोग लागेकाको ब्यक्तिमा रोक थाम र नलागेकालाई सर्नबाट जोगाउँछ ।
दोस्रो चरणमा : रतुवामाई नगरपालिका वडा नंं. १ देखि ५ सम्म भित्रका सवै विद्यालयमा गई सम्पूर्ण विद्यार्थीहरुको छाला परिक्षण गर्ने ।
तेस्रो चरणमा : विगतमा निको भएका २०० विरामीका परिवारसँगै छिमेकी र विभिन्न संघ संस्थाहरुका कर्मचारीहरुमा पनि रोग परिक्षण र औषधी सेवन गराउँने कार्यक्रम रहेको छ ।

यसका साँथसाँथै मोरंगको रतुवामाई नगरपालिकाको झुर्किया स्वास्थ्य चौकीमा यही माघ २२, २३ र २४ गते बन्ध्याकरण सेवा उपलब्ध हुँने भएको उक्त कार्यक्रममा जनाईएको छ ।

कुष्टरोग र विरामीसँग के कस्ता परामर्शहरु भए ? हेर्नु होला प्रत्यक्ष भिडियो ।