अनेरास्ववियू रतुवामाई नगर कमिटी सम्पन्न

प्रवेश विष्ट

0 0


नेपालदृष्टि । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अनेरास्ववियूको रतुवामाई नगर कमिटी र्गठन भएको छ । आइतबार रतुवामाई ८ स्थित सरस्वती माविमा आयोजित बृहत विद्यार्थी भेलाले ससांक चापागाईंको संयोजकत्वमा ७५ सदस्यीय कमिटी गठन गएिको थियो ।

अनेरास्ववियू केन्द्रीय कार्यालय सदस्य भाष्कर खनालको प्रमुख आतिथ्यतामा सप्पन्न उक्त कार्यक्रममा नेकपा मोरङ सचिवालय सदस्य तथा स्कुल विभाग प्रमुख रुपेश खतिवडा विशिष्ट अतिथि हुनुहुन्थ्यो । 
त्यस्तै अनेरास्ववियू केन्द्रिय सदस्यहरु क्रमशः सन्तोष घिमिरे, लक्ष्मण पोखरेल, तिर्थ बस्नेत लगायतको उपस्थितिमा नगर कमिटी गठन गरिएको थियो ।