विदेशीको फोटो ढोग्नेलाई के थाँह संविधान ?

२०७७ पौष २८, मंगलबार

0 0


नेपालदृष्टि । “देश र प्रजातन्त्रकोलागि आफ्नो ज्यान आउती दिएका महापुरुषहरुलाई विर्षेर विदेशी भूमिका लेलिन र माक्र्सका फोटोलाई पूजेर नेपालका कम्यूनिष्टहरु आफुलाई देश भक्त भन्द्छन । जुन नेताहरुलाई नेपाल कुन चराको नाम हो थाँह छैन ।” प्रतिनिधि सभा विघटनको विरोध कार्यक्रममा मोरंगको उर्लावारी नगरपालिकाका नगरप्रमुख खड्ग फागोले बताउँनु भयो ।
देश निर्माण गर्ने राष्ट्रपिता पृथ्विनारायण शाहलाई कुल्चिएर विदेशीको फोटो ढोग्ने परम्पराका सर्वहारा भन्ने यी नेपाली कम्यूनिष्टहरुलाई के थाँहा संविधान र लोकतन्त्रको मर्म ? यसै क्रममा  नगरप्रमुख फागो बताउँनु हुन्छ ।

नेपाली जनताको रगतले लेखिएको संविधानलाई कुल्चिएर नेपाल र नेपाली जनताप्रति ठुलो हुर्मत लिने केपी ओलीको सरकारबाट अव नेपाली जनताले के आशा राख्ने ? त्यसैले संविधान र लोकतन्त्रको बचाउँको लागि सबै नेपाली जनता सचेत हुन आग्रह उहाँले आग्रह गर्नु भयो । 

जुन बेला कम्यूनिष्टहरुका चार चार जना प्रधानमन्त्री भए तव पनि  संविधान लेखिएन । संविधाननै बताउँन नचाँहनेले कसरी संविधानको मर्म बुझ्न सक्छ । नेपाली जनताको रगतले लेखिएको संविधानलाई कुल्चिएर नेपाल र नेपाली जनताप्रति ठुलो हुर्मत लिने केपी ओलीको सरकारबाट अव नेपाली जनताले के आशा राख्ने ? त्यसैले संविधान र लोकतन्त्रको बचाउँको लागि सबै नेपाली जनता सचेत हुन आग्रह उहाँले आग्रह गर्नु भयो । 

प्रधानमन्त्री केपी शर्मा ओलीले असम्बैधानिक तथा अप्रजातान्त्रिकरुपमा गरेको प्रतिनिधि सभा विघटनको विरोधमा नेपाली कांग्रेस प्रदेश क्षेत्रिय कार्य समिति मोरंग,क्षेत्र न. २ (क)ले रतुवामाई नगरपालिका स्थीत दाम्राभिट्टामा बृहत विरोध सभामाको आयोजना गरेको थियो ।

यसै क्रममा उर्लावारी नगरपालिकाका नगरप्रमुख खड्ग फागोले संसद् विघटनका वारेमा धेरै कुराहरु भन्नु भएको थियो । प्रस्तुत छ नेपालदृष्टि टिभीले तयार पारेको त्यसको प्रत्यक्ष भिडियो