ओलीको यो कदम विदेशीको साँठगाँठ (भिडियो सहित)

0 0


नेपालदृष्टि । मोरंगको रतुवामाई नगरपालिका स्थीत दाम्राभिटा बजारमा ओली सरकारले गरेको प्रतिनिधि सभा विघटन असंबैधानिक र अलोकतान्त्रिक भएकोमा नेपाली कांग्रेस प्रदेश क्षेत्रिय कार्य समिति मोरंग,क्षेत्र न. २ (क)ले विरोध सभा गरेको छ ।

राजा ज्ञानेन्द्रले २०४७ सालको संविधानको धारा २७ मा टेकेर २०५९ सालको अशोज १८मा तत्कालिन संविधानलाई कु गरेका थिए । त्यसको विरुद्धमा नेपाली कांग्रेसले तिब्ररुपमा विरोध गरेको थियो । अन्तत ः राजा ज्ञानेन्द्रको २४० बर्ष देखि कायम रहेको नेपालको राजतन्त्रलाई सदाको लागि नेपाली कांग्रेसले नै विदा गरेको कुरा रतुवामाई नगरपालिका मोरंगका नगरप्रमुख रविन राईले बताउँनु भयो । 

त्यसैले ओलीलाई समयमानै सचेत तथा विगतका कुराको स्मरण गराउँनका साँथसँथै संविधान र लोकतन्त्रको रक्षाकोलागि नेपाली कांग्रेसले मुलुकभर यस्तो बिरोध कार्यक्रम राखेको राई पुनः बताउँनु हुन्छ । 

नेपाली जनताले कठोर तपश्या पश्चात् अझ भनौ नेपाली जनताको रगतले लेखिएको संविधानलाई बबार्द हुनबाट बचाउँन तिर लाग्नुहोस । यसमा ओली स्वयं र नेपाल तथा नेपाली जनताको हितमा हुने कुरा राईले वताउँनु भयो । 

हुन त त्यस बखतमा प्रम केपी ओली हाम्रो त्यो आन्दोलनलाई एउटा कुनामा बसेर “गोरु गाढा चढेर अमेरिका पुग्न सकिदैन” भनेर गिञ्याँईरहेका थिए । दौरा सिरुवाल लगाएर उनी कुर्सी ओगट्ने तयारीमा दरवारको नजिकै थिए । त्यस घट्नाले उनलाई र उनको पार्टीलाई के भयो ? त्यो हेक्का उनलाई अहिले हुन जरुरी छ । त्यसैले अहिले पनि समय छ, नेपाली जनताले कठोर तपश्या पश्चात् अझ भनौ नेपाली जनताको रगतले लेखिएको संविधानलाई बबार्द हुनबाट बचाउँन तिर लाग्नुहोस । यसमा ओली स्वयं र नेपाल तथा नेपाली जनताको हितमा हुने कुरा राईले वताउँनु भयो । 

प्रधानमन्त्री केपी शर्मा ओलीले विगत देखि बर्तमान सम्म गरेका हरेक निर्णयले सदैव देश र नेपाली जनतालाई कुमार्ग र कुदिशातिर उन्मूख गराएका धेरै घट्नाहरुप्रति नगरप्रमुख रविन राईले संक्षिप्त पार्नु भएकोे छ । हेर्नु होला,नेपालदृष्टि टिभिले तयार पारेको त्यसको प्रत्यक्ष भिडियो ।