....बादरले अरुको घर पनि भत्काउँछ (भिडियो सहित)

0 0


नेपालदृष्टि । प्रधानमन्त्री केपी शर्मा ओलीले असम्बैधानिक तथा अप्रजातान्त्रिकरुपमा गरेको प्रतिनिधि सभा विघटनको विरोधमा नेपाली कांग्रेस प्रदेश क्षेत्रिय कार्य समिति मोरंग,क्षेत्र न.ं २ (क) ले  शनिबार  रतुवामाई नगरपालिका स्थीत दाम्राभिट्टामा बृहत विरोध सभाको आयोजना गरेको थियो । 

उक्त बिरोध सभामा रतुवामाई नगरपालिकाका नगर प्रमुख रवि राई,उर्लावारी नगर प्रमुख खड्ग फागो,सुनवर्सी नगरपालिकाका नगर प्रमुख कालीप्रसाद दास तथा प्रमुख अतिथि रहनु भएका नेपाली कांग्रेस मोरंग जिल्लका उपसभापति शिवनारायण सिंहले पनि आ आफ्नो विचार राख्नु भएको थियो ।

संविधानको रक्षाको लागि पनि नेपाली कांग्रेस यो विसम परिस्थीमा अगाडि बढ्नु पर्छ भन्ने अठोट सहित सभागि बिभिन्न बक्ता तथा नेपालीकांग्रेसका युवा नेताहरुले बताउँनु भयो ।

भब्य जनमासको सभागि रहेको उक्त बिरोध कार्यक्रम सभामा बिभिन्न बक्ताहरुले के कस्ता विचार र धारणा राखे प्रस्तुत छ नेपालदृष्टि टिभीले तयार पारेको त्यस्को प्रत्यक्ष भिडियो ।