स्वास्थ्य चौकीहरुमा “सुत्केरी पोषण कार्यक्रम” सम्पन्न 

3 0


नेपालदृष्टि । रतुवामाई नगरपालिकाले सुत्केरी आमाहरुको स्वास्थ्यको मध्य नजर राख्दै नगर मातवतका सबै स्वास्थ्य चौकी अन्र्तगत सुत्केरी पोषण कार्यक्रम सञ्चालन गरेको छ । 

स्वास्थ्य चौकी संस्थामानै सुत्केरी भए वापत नेपाल सरकारले सम्पूर्ण सेवा निशुःक गर्दै आएको छ । साँथै आउँने,जाने सुविधाको लागि यातयात खर्च स्वरुप रु.१००० प्रदान गर्दै आएको छ ।

चौथो महिना,छौटौ महिना, आठौ महिना र नौ महिना गरी चार पटक सम्म गर्भ जाँच गरे वापत रु.८०० थप प्रोत्सानस्वरुप सरकारले स्वास्थ चौकी मार्फत प्रदान गर्दै आएको छ । तर नियमितरुपले गर्भ धारण जाँच नगराएका सुत्केरी आमालाई आउँन जान सुविधा होस भनि रु.१००० यातयात खर्च दिने प्रावधान रहेको छ ।

यसरी सुरु भएको कार्यक्रम सँगसँगै स्वास्थ्य चौकीले दिनु पर्ने अन्य सुविधाहरुबाट कुनै पनि नगरवासीहरुले बन्चित हुनु नपरोस र यस्ता स्वास्थ्य चौकीलाई सक्रिय,चुस्त र पारदर्शी बनाउँने कुरा नगरप्रमुख नविन राईले बताउँनु भयो ।

कार्यक्रम अन्र्तगत सहभागी सुत्केरी आमाहरुलाई आवश्यक पौष्टिक सामाग्री घिउ वितरण गर्दै नगर प्रमुख रविन राई तथा उपनगर प्रमुख दयन्तदेवी चुडाल ।

यी यस्ता कार्यक्रम अलवा सुत्केरी आमालाई पौष्टिक आहाराको अति आवश्यकतालाई मध्य नजर राख्दै मोरंग स्थीत रतुवामाई नगरपालिकाले “सुत्केरी पोषण कार्यक्रम”को आयोजना गरेको छ । यसै अनुरुप सुत्केरी प्रत्येक आमालाई एक केजी घिउ वितरण गर्ने काम सुरु गरेको छ ।

यसरी सुरु भएको कार्यक्रम सँगसँगै स्वास्थ्य चौकीले दिनु पर्ने अन्य सुविधाहरुबाट कुनै पनि नगरवासीहरुले बन्चित हुनु नपरोस र यस्ता स्वास्थ्य चौकीलाई सक्रिय,चुस्त र पारदर्शी बनाउँने कुरा नगरप्रमुख नविन राईले बताउँनु भयो ।

रतुवामाई नगरपालिका ९ भौडाहा स्थीत स्वास्थ्य चौकीमा प्राप्त कर्मचारीहरु हुदाँ हँुदै पनि सामान्य सुविधाबाट पनि जनता बन्चित हुँदै आएको उप नगरप्रमुख दयान्त देवि चुडाले बताउँनु भयो ।