”सुन्दर,शिक्षित नगरको परिकल्पना नै साहित्य हो”-राई (भिडियो सहित)

0 0


नेपालदृष्टि । मोफसलमा रहेको साहित्य जगतको सम्वद्धन र उजागरको लागि “सामाजिक अभियान नेपाल”ले “साहित्य चिन्तन,कविता वाचन कार्यक्रम तथा पौराणिक उपन्यास गीताञ्जली पुस्तक चर्चा”को कार्यक्रमको आयोजना गरेको छ ।

साहित्य कला तथा संस्कृतिको उत्थान र सम्वद्धनकालागि सदैव प्रयासरत सामाजिक अभियान नेपालको उक्त कार्यक्रममा रतुवामाई नगरपालिका,मोरंगका साहित्यकार जीतबहादुर कटुवाललाई नगर प्रमुख रविन राईले सम्मानित गर्नु भयो ।

भौतिक विकासमात्र होईन नगरभित्र समृद्धि र शिक्षित समाजको परिकल्पना गर्न साहित्यको पनि उत्तिकै विकास हुन जरुरी रहेको नगर प्रमुख राईले बताउँनु भयो ।

कार्यक्रममा विभिन्न समाज सेवी तथा बौद्धित्वहरुले नगरभित्रका साहित्य, कला र संस्कृतिको बारेमा उत्खनन् गर्नु भयो । साँथै उपन्यासकार कटुवालको प्रकाशित कृति सीताञ्जलीको चर्चा परिचर्चा गरिएको थियो । 

समय अनुरुप उल्लेखिनिय रहेको उक्त कार्यक्रममा उपस्थीत स्रष्टाहरुले आ आफ्ना कवित,कथा,गीत तथा नृत्य प्रस्तुत गरेका थिए । 

यसरी सम्पन्न भएको सो कार्यक्रमको सम्र्पूण जानकारीको लागि नेपालदृष्टि टिभीले तयार पारेका प्रस्तुत छ प्रत्यक्ष भिडियो ।