पुतलीको बास

0 0


नेपालदृष्टि । भाई राजकुमार खत्रीले निकै राम्रोसँग “पुतलीको बास” भन्ने कविता लेखेका छन । उनी नागर्जुना एकेडेमी, ललितपुर मा पढ्छन । उनी कथामा पनि उत्तिकै रुचि राख्दछन । 

पुतलीझैं साजिएका हुन्छन् साना–साना नानी,
पढीलेखी ज्ञानी भई बन्छन् बुद्धिमानी ।
पुतलीझैं मलाई पनि उड्न मन लाग्छ,
भमराझैं फूलबारीमा डुल्न मन लाग्छ ।
सानी–सानी पुतलीको राम्रो आनीबानी,
फूलको रस चस्न जान्छ आफ्नै घर मानी ।
फुरफुर गर्दै पुतली धेरै ठाउँ डुल्छिन्,
फूलको डोली चढ्दै बगैँचामा झुल्छिन् ।
फूलबारीको माझमा हुन्छ पुतलीको बास,
मलाई पनि पुतलीझैं उड्न मन लाग्छ ।

 राजकुमार खत्री, कक्षा–८
नागर्जुना एकेडेमी, ललितपुर

 

(भाई बैनी हो । तिमीले पनि कवित, कथा र निवन्धहरु लेखेका छौ भने हामीलाई पठाँउ । राम्रो लेख रचनालाई हामी छापिदिने छौ । अ ! तिम्रो आफ्नो फोटो र आफू पढेको स्कूलको ठेगाना पठाउँन नविर्सिनु है ।

हाम्रो ठेगाना : नेपालदृष्टि अनलाईन पत्रिका ।
Fb page : nepal dristi / som sanu
Email : nepaldristi7@gmail.com