संसद बिघटन असंवैधानिक र अलोकतान्त्रिक कदम हो

0 0


नेपालदृष्टि । रतुवामाई नगरपालिकाका नगरप्रमुख रविन राई प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बिघटन गर्ने निर्णय असंवैधानिक र अलोकतान्त्रिक कदम भएको कुरा सोमबार नेकापा प्रवेश कार्यक्रममा बताउनु भएको छ । 

प्रमओलीको यस्तो प्रतिगामि कदमका कारण देशको परिवर्तित परिस्थीतिको मूल्यांकन गर्दै मोरंग क्षेत्र नं. २ का ९० भन्दा बढी राप्रपा र नेकपा परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन ।

संविधान ओली सरकार र उसका आसेपासे समेतले नमान्ने तानासाही प्रवृति भएको कम्यूनिष्ट आफ्नो आन्तरिक कलहले आँफैमा घात भएको पनि नगरप्रमुख राईले बताउँनु भयो । 

”सुखी नेपाली समृद्धि नेपाल” भन्ने मात्र नारा राम्रो भएर हुँदैन । नार एउटा गर्ने काम अर्को गर्ने प्रवृतिको सरकारले मात्र आफ्नु फाईदाका लागि कार्यलयका कर्मचारी सरुवा बरुवाले गर्दा विकासको निर्माण कार्यमा निकै गाहे भएको राईले बताउनु भयो । 
 

कुनै पनि नगर प्रमुख फरक राजनीतिक धारको भएकै कारण बर्षेनी बिकासका लागि छुट्याँइएको बजेट कटौती हुँदै जानु यो नगरका अर्को चुनौती भएको छ । रतुवामाई नगरपालिका र सुनवर्सी नगरपालिकामा छुट्याँईएको बजेट बर्षेनी कटौती भैरहेको छ । भौगोलि र जनसंख्याको कुनै पनि आधार नमानि, मात्र राजनीतिक आधारले विभेद गरिएको पनि उहाले बताउँनु भयो ।

यी यस्ता नगरसँग बिकासकालागि आएका समस्या र चुनौतिका वावजूद पनि नगर कसरी आफ्नो विकासको गतिमा हिडिँरहेको छ भन्ने कुरा प्रत्यक्ष भिडियोमा हेर्नु होला ।